सञ्जयले सार्वजनिक गरे ‘केजीएफ च्याप्टर टु’ को फस्ट लुक

  • प्रकाशित मितिः श्रावण 14, 2077
  • 82 पटक पढिएको
  • औजार संवाददाता

‘केजिएफ- २’अभिनेता संजय दत्त र अभिनेत्री रविना टण्डनका कारण पनि चर्चामा छ। यस वर्षको सार्वाधिक प्रतिक्षित भारतीय सिनेमाको सूचिमा रहेको ‘केजिएफ- २ माेसन पिक्चर सार्वाजानिक भएसंगै अनुमान लगाउन सकिन्छ। संजय दत्त  सिनेमामा प्रमुख खलनायकको भूमिकामा देखिदैंछन्। सिनेमामा संजयकाे ‘अधिरा’को भूमिकामा हुनेछन्।

सिनेमाले संजयको जन्मदिनको अवसर पारेर सिनेमामा रहेको उनको नयाँ लुक सार्वजनिक गरेको छ। सार्वजनिक लुकमा संजयलाई खतरनाक अवतारमा देखाइएको छ।

सार्वजनिक भएको संजयको यस लुकलाई उनका प्रशंसकहरूले मनपराएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यसअघि ‘अग्नीपथ’मा उनले निर्वाह गरेको ‘कान्चा चिना’पनि दर्शकहरूलाई एकदमै मनपराएका थिए।

kg

‘केजिएफ-२’को लुक सार्वजनिक गर्दै संजयले ‘यस सिनेमामा काम गर्नु एकदम गर्वको कुरा हो। जन्मदिनमा यो भन्दा राम्रो उपहार के माग्न सक्छु रु फ्यानहरूको माया र साथका लागि धेरैधेरै धन्यवाद’, आफ्नो इन्स्टाग्राम एकाउन्टमा फोटो पोस्ट गर्दै संजयले लेखेका छन्।

कन्नड भाषाको हालसम्मकै सर्वाधिक महँगो मानिएको यस सिनेमामा यस र श्रीनिधि शेट्टी प्रमुख भुमिकामा छन्। सिनेमालाई प्रशान्त निलले निर्देशण गरेका हुन्।

झण्डै ८० करोड बढि लागत भारूको बजेटमा निर्माण भएको सिनेमाले वक्सअफिसमा २ सय ५० करोड भारू कमाइ गरेको थियो। जारी कोरोना कहर शान्त भएमा सिनेमा अक्टुवर २३ मा रिलिज हुने भएकाे छ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच