गरिमा विकास बैंकले ९.९९ प्रतिशतमा नै होम लोन दिने

  • प्रकाशित मितिः श्रावण 13, 2077
  • 243 पटक पढिएको
  • औजार संवाददाता

धरान । गरिमा विकास बैंकले अब ९.९९ प्रतिशतमा नै होम लोन दिने भएको छ ।
लकडाउन पछिको अवस्थालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले गरिमा विकास बैंकले ९.९९ प्रतिशतमा नै होम लोन दिने व्यवस्था गरेको बैंकका धरान शाखाका प्रबन्धक अनोज श्रेष्ठ लाखेले जानकारी दिनुभयो । लकडाउन पछि प्राय सबै प्रकारका ऋणमा ब्याजदर घटाइएको उहाँले जानकारी दिनुभएको छ । साउन ५ गतेदेखि नयाँ ब्याजदरमा सुरु भएको होम लोनकालागी सेवा लिन आउनेको संख्या दिनदिनै बढीरहेको उहाँले बताउनुभयो ।
गरिमा सजिलो घर कर्जा लिदा सेवा शुल्कमा ५० प्रतिशत छुट, एक वर्षसम्म ब्याजदर नबढ्ने, अग्रिम भुक्तानी गर्दा शुल्क नलाग्ने, २ वर्षसम्म ग्रेस अवधि पाइने, ३० वर्ष अवधि सम्मको भुक्तानी तालिका उपलब्ध हुने र अरु बैंकमा रहेको होम लोन स्वाब गर्दा (अन्य बैंकमा रहेको होमलोनलाई गरिमा बैंकमा ल्याउदा) कुनै शुल्क नलाग्ने र घर निर्माण गर्दाको लागतलाई शत प्रतिशत कर्जा दिने सुविधा रहेको प्रबन्धक लाखेले बताउनुभयो ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच