अनलाइन कक्षाः निजी विद्यालयमा पठनपाठनमा निरन्तरता

  • प्रकाशित मितिः श्रावण 8, 2077
  • 135 पटक पढिएको
  • औजार संवाददाता

सरकारले मंगलबार साँझ लकडाउनको अन्त्य भएको घोषणा गरेसँगै आजदेखि  निजी विद्यालयले अनलाइन पठनपाठनलाई बिहीबारदेखि निरन्तरता दिन थालेका छन्।

प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विभिन्न माग राखेर अनलाइन पठनपाठन स्थगित गरेका थिए। शुल्क उठाउनु पाउनुपर्ने, सरकारले निजी विद्यालयका लागि सहुलियत दिनुपर्ने लगायतका माग राखेर निजी विद्यालयका सञ्चालकले पठनपाठन अवरुद्ध गरेका थिए।

सरकार, अभिभावक, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि सम्मिलित कार्यदल गठन भएपछि अनलाइनमा पठनपाठन गर्ने सहमति भएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए। कार्यदलले निजी विद्यालयका विद्यमान समस्या समाधानका उपाय पहिचान गर्नेछ।

सरकारले निजी विद्यालयलाई लकडाउन अवधिमा एक महिनाको मासिक शुल्क (ट्युसन फी) नलिन निर्देशन दिएको छ। निजी विद्यालयले वैशाखयताको मासिक शुल्क भने उठाउन पाउनेछन्।

अनलाइन पठनपाठन सहरी क्षेत्रमा मात्रै सीमित छ। प्रविधिको सहज पहुँच नभएकाले अनलाइन पठनपाठनमा कठिनाइ भएको कतिपय अभिभावकको गुनासो छ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच