के ब्युँतिएला त धरानको रंंगमञ्च ?

  • प्रकाशित मितिः श्रावण 4, 2077
  • 285 पटक पढिएको
  • औजार संवाददाता

धरान, साउन ४ गते। अहिले विश्व्यापि रुपमा कोरोना भाईरसको कहर छ । नेपालमा पनि यसको प्रकोप दिनप्रतिदिन बृद्धी हुदै जाँदा नेपालि जनताको जनजिवनमा छताछुल्ल बनाईदिएको छ । विश्वको अर्थतन्त्रमा नै यो भाईरसले भयभवह संकट ल्याई चरम गरिबीको वितण्डा मच्चाईरहेको बेला होटल,व्यवसाय पर्यटन मात्र नभएर कला र कलाकारलाई समेत यसले ठुलो क्षती पुर्याएको छ । व्यापार व्यवसाय भनेपनि अर्थोआर्जन को बाटो एउटै कलाकारीता क्षेत्र रहेका कत्तिपय कलाकारहरुलाई यसले मारमा परेको छ । त्यस्तै कोरोनाको प्रभाव धरानको रंगमञ्च र रंगकर्मीहरुलाई पनि नपरेको होईन । पछिल्लो समय यसले धरानको रंगमञ्चलाई ओरालोतिर ढकेलीरहेको हो की भन्ने कुराहरु सुन्नमा आउछ । तर एकतर्फ धराने रंगकर्मीहरुलाई यो कोरोनाको कहर र लकडाउनको समय अवसर पनि बनेको छ ।

प्रादेशिक नाटकघर धरानमा निर्माण भईरहदा यहाँका रंगकर्मीहरु यसमै आफ्ना समय सदुपयोग समेत गरिरहेका छन् । जसले रंगकर्मिहरुलाई एककिसिमको उर्जा समेत दिएको उनिहरु बताउछन । तर एकतर्फ फेरी चैत्र ११ यता भएको लकडाउनले रंगमञ्चलाइ उस्किन धेरै नै गाह्रो भएको छ । यसले गर्दा कतिपय योजनाहरु बिचैमा रोकिए । ति योजनाहरुले तिब्रता पाउन सकेनन तर पनि यो कोरोनाको कहर कहिले सकिन्छ र पहिलेको अवस्थामा आएपछि फेरी अगाडीका योजनाहरु कसरी पुरा गर्न सकिन्छ भनि रंगकर्मीहरु अझै आशमा बसिरहेका छन् । रंगमञ्च फेरी ब्युँतिएला की नब्युँतिएला भन्ने डर समेत बनेको छ । यसै सन्दर्भमा हालको रंगमंचको अवस्था,प्रभाव र भावि योजना विषय अन्तर्गत रहेर धरानका रंगकर्मि तथा चलचित्रकर्मिहरुसँग गरेकाे छोटो कुराकानी ।

गोपाल देवान
कोरोना भाईरसले सबै क्षेत्रलाई नै क्षती पुर्याएको छ । त्यसमा पनि नेपालको रंगमंञ्चको विषयमा भन्नुपर्दा यसलाई पनि सय प्रतिशत नै प्रभाव भने पारेको हो । नाटक हलमा बसेर सामुहीक रुपमा हेरीने भएकोले एकठाउँमा भेला भएर हेर्ने सक्ने स्थिति नहुने भयो । जसले गर्दा पनि रंगमञ्चका गतिविधिहरु पुर्णमय बन्द नै छ । रंगमञ्च तंग्रिन अझै ६ महिना बढी लाग्नेछ । आरम्भ नाट्य डबलीले ईटहरीमा २ महिना मात्रै बन्द शिविरमा प्रशिक्षण दिई २ लाख बढी खर्च गरी दमनको राप नाटक स्टेजकरण गरी तयार गरियो । प्रदेशस्तरीय नाटक अभियानमा लागेका थियौ तर बिचमा कोरोनाले लकडाउन भयो ।

त्यसपछि त दुईलाख बढीको लगानी पनि उठ्ने सम्भावना भएन । ईटहरी म्याट्रीक्समा १२ पटक र ईनरुवा कमलटाकी हलमा ३ पटक नाटक मञ्चन भयो । त्यसपछाडी पनि थुप्रै नगरपालिकाहरुले नाटक ल्याउन माग गरेका थिए । तर बिचैमा कोरोना आईदियो र सम्भव भएन नाटक मञ्चन पनि बिचैमा अलपत्र भई रोकियो । अहिले यसको विकल्पमा भर्चुअल नाटक प्रतियोगिताहरु पनि भईरहेको छ । तर यो नाटकको शिद्धान्त विपरित रहेको म बुझदछु । अब भने सहज अवस्था आएमा पुन दमनको राप नाटकलाई निरन्तरता दिई प्रदेश १ मा जत्तिपनि नगरपालिकाहरु छन् । ति ठाउहरुमा पनि नाटक मञ्चन गर्नेर्छो ।

बिजय सुब्बा
अहिले यो अवस्थामा सामाजिक दुरी रहनुपर्ने भएको हुदाँ नाटकलाई बिल्कुलै असर भने पारेको छ । अहिले सबै नाट्य क्षेत्रहरु थप्प छन् । तर पनि अहिले जुन प्रादेशिक नाटकघर धरानमा निर्माण भईरहेको छ त्यसले पनि धरानका रंगकर्मीहरुलाई उर्जा चाँही मिलेको छ ।

अब धरानको रंगमञ्चले नयाँ रुप पाउने आशा गरेका छौ । त्यसैले यो समयलाई प्रादेशिक नाटकघर निर्माणमा सदुपयोग गरिरहेका छौ । सकरात्मक सोचले हामी सबै नाट्यकर्मीहरुले नाटक घर निर्माणमा समय खर्चिरहेका छौ । जुन हामी सबैको सपना पनि रहेको छ । यसपछि हामीले प्रदेश नं १ भरिका नाट्य सस्थाहरुलाई सकरात्मक सोच दिएर एकबद्ध गरी एउटा छाता संगठन निर्माण गर्ने योजना बनाएका छौ । जुन अहिले बन्दै गरेको पा्रदेशीक नाटकघरले पनि सबै नाट्यकर्मीहरुलाई एक बनाउने एकप्रकारको बाटो खुल्याईदिएको छ ।

प्रेम सुब्बा
कोरोना भाईरस निर्मुल नभएसम्म रंगमञ्चीय गतिविधिहरु हुनसक्ने सम्भावना छैन । हुन त यसले रंगमञ्चलाई मात्र असर भने गरेको होईन सबै क्षेत्रलाईनै असर भने पारेको छ । अझ पनि सिनेमा हल,चलचित्रका सुटिङहरु बन्द छन् । यि क्षेत्रहरु अझ बढी थप्प रहेको अवस्था छ ।

यो बेला सबै क्षेत्रको अवस्था नाजुक नै छ । कुनै पनि अछुतो छैन । बन्दाबनदीले सबैको अवस्था एकैखालको छ । यसको नियन्त्रण नभई त हामिलाई काम गर्न असहज नै छ । तसर्थ लकडाउनका बाावुजुत पनि नाटकघर निर्माण भईरहेको छ । अब यसलाई नै निरन्तरता दिनेछौ । लगभग हाम्रो समय यसैमा व्यत्तित हुनेछ । योबेला सामाजिक दुरी राख्नु पर्ने आवश्यक भएको हुदा कोरोना भाईरसको निवारण पछि सहज वातावरण भएर आए पक्कै पनि रंगमञ्चिय गतिविधिहरुले गतिशिलता पाउनेछ ।

विष्णु मोक्तान
कोरोनाको भाइृरसको प्रभावसंगै सुरु भएको लकडाउले रंगमञ्चमा बेस्सरी नै असर पार्यो । थप नाटकहरु मञ्चन गर्न पाईएन कक्षाहरु समेत सबै बन्द छ कक्षाहरु समेत सञ्चालन गर्न पाईएको छैन । नाटक ठुलो भेलामा गर्ने भएकोले गर्दा पनि नाटकहरु मञ्चन हुन सकिरहेको छैन ।

यसले गर्दा हामी जस्ता नाट्यकर्मी हरु चाही खुम्चेर बस्नुपर्ने एउटा स्थिति समेत आयो । यसले पनि धेरै असर त पुगेको छ नै । कत्तिपयले भर्चुअल कार्यक्रम मार्फत पनि रंगमञ्चिय गतिविधिहरुलाई निरन्तरता दिईरहेको छ । त्यो पनि विकल्पको रुपमा राम्रै हो । नहुनु भन्दा हुनु राम्रो हो । यो अवस्थामा यत्तिको कोशिशहरु चाहि भईरहेको छ । तर पनि यो कोरानाको प्रभाव चाहि उर्वर हुदै गरेको रंगमञ्चमा पनि पर्न गयो । यसले उर्वर रंगमञ्चलाई सेलाउने अवस्थामा समेत पुर्याएको छ । तर पनि विचमा थप नाटकहरु लेख्न पाईयो त्यो खुसीको कुरा हो । अब कोरोना साम्य भई सहज वातावरण यदी भयो भने के कसरी जान सकिन्छ गहन ढंगले सल्लाह सुझाव लिई भटाभट नाटकहरु मञ्चन गर्नेछौ ।

अरुण प्रधान
कोरानाले प्राय सबै क्षेत्रमानै असर त परेको छ । त्यसैगरी रंगमञ्चलाई पनि पक्कै असर भने परेको हो । मानविय र आर्थिक क्षति त छदै छ तर गरेर खानेहरुको लागी चै यो विशेष त महामारी बनेको छ । तर कोरानाको कहर हुदाँहाुदै पनि धरानमा प्रादेशिक नाटकघर निर्माण कार्य भईरहेको छ त्यो ठुलो उपलब्धि हो ।

अहिले यसमा धरानका सबैजसो रंगकर्मीहरु सक्रिय छौ । यो अवस्थामा रंगमञ्चको अवस्था नाजुक भएपनि नाटकघर निर्माण हुनु हाम्रो लागि खुसिको कुरा हो । यो अवस्थामा र्रंगमञ्चिय गतिविधिहरु त भईरहेको छैन तर पनि अनलाईन भर्चुअलबाट रंगमञ्चिय गतिविधिहरुलाई नजिक राख्ने प्रयास भइरहेको छ । त्यो प्रारम्भ सरहानिय पनि छ । हामिले पनि मेरो मनको क्ुरा भनेर एउटा लाईभ सेसन प्रारम्भ गरेका थियौ । जसमा रंगकर्मिहरुले आफ्ना दुखका सुखका कुराहरु सुनाउने भन्ने गरेका छन् । जुन कुराबाट चाही पछिल्लो पुस्ताहरु यसप्रति अभिप्रेरीत भई केही सिक्न सकोस भन्ने हाम्रो कोशिस हो । यसले खालि समयलाई सदुपयोग गराउने र डिप्रेसनबाट समेत मुक्त गराई मद्धत प्र्याउने हाम्रो उदेश्य हो । अब लकडाउन पश्चात सहज वातावरण भएमा थप रंगमचिय गतिविधिहरुलाई निरन्तरता दिने सोच बनाएका छौ ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच