एजेन्सी- उडिरहेको विमानभित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन्।
टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ उडेका बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन्। जन्मिएका ती बच्चाहरु बालिका हुन् भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिनाअगाडि नै सुत्केरी भएको जनाइएको छ। बच्चा जन्माएकी महिला र दुवै वच्चालाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले जानकारी दिए।
विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसका कारण पनि उच्च सतर्कता अपनाइएको बताए।
कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर गरिएको विमानमार्फत यात्रा गरेका थिए।
ती महिलासँगै मंगोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमा मंगोलियाको यात्रामा रहेका थिए।
धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सर
धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा म
Copyright © 2021 - Aujarnews.com All rights reserved