धरान । धरान–६ स्थित पानवारीको मुख्य सडक पाँचकन्या मार्गको दायाँ–बायाँ सडकलाई सुन्दर बनाउन जिंको वाइलोवा (ginkgo) जातको विरुवा रोपिएको छ ।
बुधबार धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले विरुवा रोपेपछि विरुवा रोप्ने कार्य सुरु भएको छ । माथिल्लो पानवारी स्थित सेहरा खोलादेखि चोक्टिसम्म सडकको दायाँ–बायाँ दुवै तर्फ जिंको वाइलोवा नामक विरुवा रोपिएको हो । जिंको वाइलोवा खास गरी जापानका सडकमा देख्न पाइन्छ । उक्त रुखले वातावरणलाई स्वच्छ राख्न ठूलो महत्व राख्ने गरेको छ । साथै सडकको किनारामा रोपिएको विरुवा हुर्किएपछि एकदमै मनमोहक हुने भएकोले उक्त विरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष राजन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो पानवारी स्थित पाँचकन्या मार्ग ५० फुटको फराकिलो भएको र पिच समेत भइसकेकोले विरुवा रोपेर हुर्किएपछि विदेशको सुटिङ स्थल झै मनमोहक हुनेछ ।
विरुवा रोप्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले पर्यटकिय सहर धरानलाई विरुवाले थप सौन्दर्यता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं । निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत्
धरान । धरानको विभिन्न वडाहरुमा राष्ट्रिय युवा संघको वडा कमिटिहरी गठन भएको छ । धरानको वठा नं. ८, १६, ११, १४ र १
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिक
Copyright © 2021 - Aujarnews.com All rights reserved