विद्यार्थीलाई साइकल वितरण

  • प्रकाशित मितिः असार 24, 2077
  • 154 पटक पढिएको
  • औजार संवाददाता

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडाले जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरेको छ । अधारभूत तहमा कक्षा ५ पास गरेका र ८ कक्षा पास गरेका जेहेन्दार विद्यार्थीहरुलाई माथिल्लो कक्षामा अध्ययनका लागि जान आउन सहज होस भनेर साइकल वितरण गरेको हो ।

वडाका ६ अधारभूत विद्यालयका प्रथम , द्धितिय र तृतिय सहित ३÷३ जनाका दरले १८ जनालाई साइकल वितरण गरिएको वडा अध्यक्ष राजेश्वर प्रसाद साहले जानकारी दिनुभयो । वडा अध्यक्ष साहका अनुसार माथिल्लो कक्षा सञ्चालन भएको विद्यालयमा जान टाढा भएकाले कतिपय जेहेन्दार विद्यार्थी बिचैमा कक्षा छोडने समस्यालाई मध्यनजर गरी नमूनाको रुपमा पहिलो चरणमा १८ जना बालबालिकाहरुलाई साइकल वितरण गरिएको हो । कक्षा उर्तिण गरेका विद्यार्थीले नयाँ कक्षाको अनुभवसँगै नयाँ साइकल समेत पाएकाले उत्साहित बनेका छन् ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच