ब्राजिलका राष्ट्रपति र पाकिस्तानका विदेश मन्त्री पनि कोरोना संक्रमित

  • प्रकाशित मितिः असार 24, 2077
  • 243 पटक पढिएको
  • औजार संवाददाता

धरान । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका छन् । उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दुरी र विना मास्कमा देखिएका छन् ।
गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ । ब्रिसिलियास्थित अमेरिकी दूतावासमा लिइएको सो तस्वीरमा सामाजिक दुरी पनि पालना गरेको देखिँदैन ।

कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानका विदेश मन्त्रीमा पनि संक्रमित

कोरोना भाइरसको महामारीबाट बढी प्रभावित हुने दक्षिण एसियाली देश मध्ये एक पाकिस्तानका विदेश मन्त्रीमा पनि संक्रमित भएका छन् । पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् । संक्रमण पुष्टि भए लगत्तै आफू घरमै क्वारेन्टिनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।
शुक्रबार उनले लेखेका छन्, ‘मलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’

घरबाटै काम गर्ने बताएका उनले सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न आग्रह पनि गरेका छन्।

पाकिस्तानमा दुई लाख २३ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट पाकिस्तानमा ४५ सय भन्दा बढीको ज्यान गएको छ ।


महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्