यौन धन्दा चलाएको आरोपमा इटहरीबाट ७ जना पक्राउ

  • प्रकाशित मितिः असार 22, 2077
  • 2155 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । यौन धन्दा गराएकाे आराेपमा इटहरीकी इन्दिरा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनले लामाे समयदेखि कलगर्ल प्रयोग गरि यौन धन्दा गराउँदै आएको भन्दै  प्रहरीले पक्राउ गरी मानव वेचविखान मुद्धा दायर गरेको छ ।

इटहरीमा रिभर साइड रिर्सोट सञ्चालन गर्दै आएको होटल सञ्चालिका श्रेष्ठलाई पक्राउ गरि मानव वेचविखान मुद्धा दायर गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । भण्डारीका अनुसार युवती बोलाएर यौनधन्दा गराउँदै आएको कारण पक्राउ गरि मुद्धा दायर गरेका हौ । प्रहरीले इटहरी ९ स्थित रिभर साइड रिसोर्टमा छापा मारी सात जनालाई नियन्त्रणमा लिइएको थियो । बाँकी अन्य ६ जनालाई हिजो प्रहरीले छोडेको छ ।

पछिल्लो केहि बर्ष यता यौन धन्दा गराउँनेहरु इटहरी क्षेत्रमा निस्कृय रहे पनि लुकीछिपी यौनधन्दा भईरहेको भन्दै प्रहरीले सक्रियता बढाएको छ । केहि बर्ष अगाडीसम्म यौनधन्दाले बदनाम इटहरी अहिले सुध्रदै गए पनि वेला बखत यौनधन्दाको छिटपुट घट्ना आईरहन्छन् ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच