इटहरीको अहिलेसम्मकै उत्कृष्ठ वजेट :नगरसभा सदस्य

  • प्रकाशित मितिः असार 21, 2077
  • 323 पटक पढिएको
  • औजार संवाददाता

धरान। इटहरी उपमहानगरका नगरसभा सदस्यहरुले इटहरी उपमहानगरको आगामी आर्थिक वर्षको वजेट नीति तथा कार्यक्रम अहिले सम्मकै उत्कृष्ठ रहेको वताएका छन ।

नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौं नगरसभाको दोश्रो वैठकमा वोल्दै नगरसभा सदस्य गणेश खत्रीले आर्थिक वर्ष २०७७।७८को वजेट नीति तथा कार्यक्रम तीन बर्षकै उत्कृष्ठ र ब्यवस्थित रहेको वताउनुभयो ।

उहाँले कार्यावन्यनमा सवै जुटनुपर्ने वताउनुभयो ।नगरसभा सदस्य डिक वहादुर राईले वजेट ब्यवहारिक र उत्कृष्ठ रहेको वताउनुभयो । उहाँले वजेटले सवैक्षेत्रलाई सम्वोधन गरेको वताउनुभयो ।

इटहरीचौकमा नेपालको नक्सा सहितको पृथ्वीको स्मारक राख्न लागिएकोमा खुशी प्रकट गर्दै नाम भने इटहरी चौकनै हुदाँ राम्रो हुने जनताले माग गरेको वताउनुभयो । अर्का सदस्य कर्ण वहादुर पौडेलले इटहरीमा प्रमुख प्रशाशकीय अघिकृत चाडै परिवर्तन हुदाँ समस्या हुने गरेको वताउनुभयो । उहाँले भन्नुभयो “प्रमुख प्रशासकीय अघिकृत वस्ने भवननै पोखरीमाथि छ नागको तापले पो हो कि किन हो हाकिम चाँडै जान्छन । ”नगरसभा सदस्य तेजनारायण चौधरीले इटहरी उपमहानगरले चालुआर्थिक वर्षमा ११ वटा र आगामी वर्ष थप गरि वहुवर्षे योजना संचालन गर्न लागेकोमा खुशी प्रकट गर्नुभयो । वहुवर्षे सडक योजनाका कारण गाँउ गाँउका जनताले उपमहानगरवासीको अनुभूति गर्न पाएको उहाँको भनाई छ ।

वैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेश गर्नुभयो । अर्को वैठक असार २२ गते वस्ने छ ।

itt


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले