'ओली र दाहालबीच बालुवाटारमा तीन घण्टा छलफल' अजै मिलेन मन

  • प्रकाशित मितिः असार 19, 2077
  • 188 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार झण्डै ३ घण्टा लामो छलफल भएको छ।

गत १० गते स्थायी समिति बैठक सुरु भएयता विभिन्न राजनीतिक मुद्दाले एकअर्काप्रति रुष्ट दुई अध्यक्षबीच शुक्रबार ३ घण्टा लामो छलफल भए पनि कुनै ठोस सहमति भने बन्न सकेन। बालुवाटारमा भएको छलफलमा दुबै नेता आआफ्नो अडानमा रहेका कारण बैठक कुनै निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ। बैठकमा अध्यक्ष दाहालले ओलीलाई संसद अधिवेशन अन्त्य गर्नुको रहस्यबारे प्रश्न तेस्र्याएका थिए। साथै पार्टी एकीकरण संकटमा पार्ने गरी र पार्टीभित्र सहमति नजुटेका विषयमा अध्यादेश जारी गर्न खोजिएको हो कि भन्ने प्रश्न पनि गरेको बताइएको छ।

पार्टी अध्यक्ष दाहालसहितका नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको छ। पार्टीमा सचिवालय र स्थायी कमिटीका अधिकांश नेतारुले ओलीलाई दुबै पदबाट राजीनामा दिन दबाब बढाएका छन्। पार्टीको निर्णय नमानेको, मनलाग्दी अभिव्यक्तिहरु दिने गरेको तथा पार्टीमा नेताहरुको कुरा नसुन्ने गरेको भन्दै अन्य नेताहरुले ओलीलाई पदबाट हटाउनेसम्मको तयारी गरेका छन्।

शुक्रबारको प्रचण्डसँगको छलफलमा अध्यक्ष ओलीले आफूले कुनै पनि पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन्।
ओलीले अडान नछोडेपछि लामो समयसम्म चलेको बैठकमा कुनै निष्कर्ष निस्किन नसकेको हो। ओली र प्रचण्डबीचको छलफलमा महासचिव विष्णु पौडेल तथा नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए। ओलीले शुक्रबार बिहानै प्रचण्डलाई सन्देश पठाएर राजीनामा दिने प्रस्ताव हो भने आफूले भेटवार्ता नगर्ने स्पष्ट पारिसकेका थिए।

शीर्ष नेताहरुबीच विवाद बढ्दै गएपछि जारी स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच