नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

  • प्रकाशित मितिः असार 16, 2077
  • 911 पटक पढिएको
  • औजार संवाददाता

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ ।

जनता समाजबादी पार्टीले देशव्यापी रुपमा आव्हान गरेको बिरोध सभा मङ्गलबार धरानमा समेत भएको हो । बिरोध सभामा सरकारले भर्खरै ल्याएको अङ्गिकृत नागरिकता बिधयकलाई विशेष केन्द्रीत गरि बिरोध जनाएका थिए । पारित भएको नागरिकता बिधयकमा विभेदकारी प्रावधान रहेको बताउदै यसलाई खारेज गर्न समेत उनिहरुले माग गरेका छन । ‘अङ्गिकृत नागरिकता लिनेलाई होइन अनाधिकृत नागरिकता दिनेलाई कार्वाही गर,गोर्खा सैनिक नागरिकतालाई निरन्तरता गर,नश्लिय सरकार मुर्दाबाद’ लगायतको उनिहरुले नारा लगाएका थिए । उनिहरुले एम्सिसी,रुकुम हत्या काण्डको बिषयमा समेत जातिय विभेद बिरुद्वको नारा लगाए । साथै धरानको खानेपानी समस्याको समेत चाडो समाधान गरि धराने जनताको घरघरमा कमिटमेन्ट अनुसारको पानी बितरण गर्नुपर्ने,सर्दु जलाधार क्षेत्रको सरक्षण गरि धराने जनतालाई सफा खाने पानी बितरण गर्नुपर्ने उनिहरुको माग रहेको थियो ।

सभालाई सम्बोधन गर्दै जसपा का किरात प्रदेश सदस्य सुभचन्द्र राईले जनता र कुनै पनि समुदायको अहितका लागि पारित भएको बिधयकहरु खारेज गरिनुपर्ने बताएका छन । नागरिकता बिधयकले समानताको खाल्दोलाई अझ धेरै पुरेको र यो कुनै पनि हालतमा आदिबासी जनजाती लगायतका उत्पिडित समुदायको लागि हित नहुने उनले बताए । लकडाउनले गर्दा देशका आर्थिक पाटोहरु बन्द भएको अवस्थामा मानिसहरु बेरोजगार हुन पुगेको तर यो जटिल परिस्थितिमा समेत जनताको जनजिबनलाई कसरी सहज रुपमा फर्काउने भन्दा आफ्नो कुर्सी जोगाउन सरकारले ताण्डप गरिरहेको समेत उनले आरोप लगाए । उनले भने सरकार अहिले भ्रष्टाचारमा चुर्लुम्मै दुबेको छ जनताको चाहाना बिपरित कार्ययोजनाहरु ल्याईरहेको छ । एम्सिसी बेठिक घातक हो भनेर आम जनताबाट बिरोध हुदा हुदै पनि राज्यका ठेकेदारहरुले एकोहोरो एम्सिसी ठिक बताउदै जबर्जस्ती पारित गर्ने तर्खरमा बर्तमाण सरकार रहेको छ । यो पारित भए जनताको भावनासङ्ग खेलवाड हुनेछ जसको परिणाम भयभीत हुने उनले बताए ।

पश्चिम रुकुमको हत्याकाण्डलाई जोडदै उनले राज्यमा सरकार छ कि छैन भनेर प्रश्न समेत गरेका थिए ।

जनता समाजबादी पार्टिका शिल्पी समुदाय प्रदेशका अध्यक्ष नरेश बिकले बर्तमाण सरकारले उत्पिडित समुदायलाई थप उत्पिडनमा पार्ने खालको बिधयकहरु पारित गर्दै आएको बताए । मधेसी,जनजाती दलित उत्पिडित समुदालाई सम्मान गर्ने खालको नागरिकता बिधयक पारित गर्नु पर्ने जोड दिदै उनले साङ्सदले पारित गरेको नागरिकता बिधयक फिर्ता गारिनुपर्ने बताएका छ्न । जसपा नगर अध्यक्ष ताजुब लिम्बू,केन्द्रिय सदस्य जेन्टल लावती लगायतले सभालाई सम्बोधन गर्दै नागरिकता बिधयक कुनै पनि हालतमा मान्य नहुने र यसलाई जनता समाजबादी पार्टिले खुलेर बिरोध गर्ने चेतावनी दिएका छ्न ।

धरान ८ शान्तिपथको समाजबादी पार्टी कार्यलय बाट सुरु भएको बिरोध रयाली आचार्यलाई पुतलिलाई हुँदै धरानको भानुचौकमा टुङ्गिएको थियो । बिरोध सभामा जसपामा आबद्व युवा,बिधार्थी महिलाहरुको सहभागिता रहेको थियो । बिरोध कार्यक्रम देशको ७७ वटै जिल्लामा आयोजना गरिएको जसपा धरान नगर समितिका सचिव हेमराज याख्खाले जनाए ।

desh-b


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच