तिनपाने रक्सी र बंगुरको 'ब्राण्डिङ' सांस्कृतिक अधिकार हो

  • प्रकाशित मितिः असार 16, 2077
  • 426 पटक पढिएको
  • औजार संवाददाता

धरान / धरानमा उत्पादन गरिने तिनपाने रक्सी र कालो बंगुरको मासुलाई ब्रान्डिङ गर्नु भनेको आदिवासीको सांस्कृतिक अधिकार भएको कुरा मेयर तिलक राईले बताए।

कार्यक्रमको प्रमुख अतिथी मेयर राईले नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले आयोजना गरेको तिनदिने कोभिड १९ सम्बन्धि सचेतना तथा सेनिटाइजर बनाउने तालिमको समापनको अवसरमा बताएका हुन।मेयर राईले धरानका विभिन्न वडामा तामाङ मगर नेवार राई लिम्बू लगायतको घरमा मात्र नभएर आफ्नै घरमा समेत रक्सी पार्ने गरेको बताए।आदिवासीले दुख गरेर बनाएको रक्सी बोकेर ल्याउदा प्रहरीले पक्राउ गरेर उनिहरुकै अगाडि पोखाउने गरेको भन्दै त्यस्लाई कानुनी मान्यता दिनुपर्ने बताए।नगरसभा चलिरहेकोले आदिवासिको पुर्खौली सीप कला स्थापित गर्नको कालो बंगुर र तिनपाने रक्सिको लागि प्रस्ताव लगेको बताए।मेयर राईले यसरी एकातिर कानुनी मान्यता पाईन्छ भने अर्को तिर कर समेत संकलन हुने बताए। अब यसरी पारेको रक्सी खाद्य प्रविधी क्याम्पसमा नै प्राविधिक रहेकोले ती रक्सिको गुणस्तर आगोमा बालेर नभै आधुनिक प्रविधी मार्फत गुणस्तर मापन समेत गरिने बताए।

सेनिटाईजर कोरोनाको लागि मात्र नभै दैनिक जीवनमा अन्य कामलागी समेत उपयोगी भएकोले आगामी दिनमा यस्को सदुपयोग गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सुझाब दिए।कोरोनाबाट डराएर मात्र नहुने भन्दै तर त्यससम्बन्धी नियम पालना भने अवस्य गर्नुपर्ने बताए।उनले धरानमा विभिन्न देशबाट करिब दुई हजार जना धरानमा आउने कुरा विभिन्न माध्यमले तथ्यांक उपलब्ध गराएको बताए।जस्का लागि राख्न क्वारेन्टाइनको आवस्यकता परेको भन्दै नबज्योती स्कुल र रंगशालालाई छनोट गरिएको बताए।तर स्थानीयको अवरोधका कारण होटेलमा राख्न बाध्य भएको बताए। बाहिरबाट आउने सबैलाई कोरोना नभए पनि १४ दिनको क्वारेन्टाइनपछि आशंका हट्ने बताए।मेयर राईले धरानमा खानेपानीको बिषयमा धराने जनताले खबरदारी गरेको भन्दै आफू नियमित रुपमा मुहानमा गौरहेको बताए।बर्खाको पानी सिधै धारामा आएको गुनासो बढेको भन्दै पानी थिग्राउने उपचार गर्ने काम भएको भन्दै अब लेदो पानी नआउने आश्वस्त पारे।

तिनदिने कार्यक्रममा जम्मा १५० जना आदिवासी महिला पुरुषले भाग लिएका थिए। कार्यक्रमलाई सरुवा रिग विशेषज्ञ डा. किशोर गुरुङ,धिरेन लिम्बू,अर्जुन घिमिरे,कामना बान्तवाले प्रशिक्षण दिएका थिए। तिनदिनेको अध्यक्षता महासंघका अध्यक्ष सुबास हुक्पाचोङ्बाङले गरेका थिए।कार्यक्रम स्टार पुर्वि चतरा लाईनमा सम्पन्न भएको हो। धरान उपमहानगरको चालू आर्थिक वर्षको लक्षित बर्गको बजेटबाट भएको हो।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक