ला लिगा: कासिमेरोको शानदार निर्णायक गोलसंगै रियल मड्रिड शीर्ष स्थानमा उक्लियाे

  • प्रकाशित मितिः असार 15, 2077
  • 77 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको रियलम मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

एस्पानोयलको कोर्नेला–एल¬–प्राट रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो।

रियल मड्रिडले सुरुवाटै स्पोयलमाथि दबाब बनाएको भए तापनि गोल गर्न भने चुक्यो। तर पहिलो हाफको इन्ज्युरी समयमा कासिमेरोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले करिम बेन्जेमाको पासमा गोल गरे।

दोस्रो हाफमा रियलले गोल गर्न नसकेपछि कासिमेरोको गोल नै निर्णाक बन्यो।

जितसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडको ७१ अंक छ। त्यस्तै दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक छ।

एक खेल अघिसम्म दुवै क्लबको समान अंक थियो। तर अघिल्लो खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग बाराबरी खेलेसँगै उसले २ अंक गुमायो।

यता रियलसँग हारको सामना गरेको एस्पानोयल २४ अंकका साथ अंकतालिकाको पुछारमा छ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक