यी चार सेलिब्रिटीका इंन्स्टाग्राममा फलोअर तीव्र गतिमा घट्दै - कसको कति कसरी घटे?

  • प्रकाशित मितिः असार 11, 2077
  • 188 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी-अभिनेता सुशान्त सिंह राजपुतको आ’त्मह’त्या'ले बलिउड यतिबेला परिवारवाद र गुटबन्दीका लागि आलोचित भइरहेको छ। यसमा ठूला स्टार र ब्यानरको नाम जोडिएको छ। परिवारवाद र गुटबन्दीको नाममा विशेषगरी यसराज फिल्मस्, सलमान खान, करण जोहर, आलिया भट्ट, सोनाक्षी सिन्हा, सोनम कपुर लगायतका कलाकार र सिनेमा निर्माण कम्पनीको सार्वजनिक रूपमा आ’लोचना भइरहेको छ।

कंगना रनौट, अभय देवल, रविना टण्डन, सोनु निगम, अदनाम सामी लगायतका कलाकारले बलिउडमा परिवारवाद व्यापत रहेको र यसले गुटबन्दीलाई बढवा दिइएको जसका कारण गैरफिल्मी पृष्ठभूमिबाट आएका कलाकारलाई पेल्ने, कामबाट निकाल्ने र काम गर्न नदिनेसम्मका काम हुने गरेको खुलासा गरेका छन्।

सामाजिक संजालहरूमा सुशान्तको आ'त्म'ह'त्याको कारण पछाडी उनको व्यक्तिगत समस्याका कारण नभई बलिउडको केही परिवार र व्यक्तिमा सिमित सिनेमा सिण्डिकेटको मुख्य हात रहेको धारणा मुखरित भइरहेको छ।

यसैको असर परिवारवादमा मुछिएका बलिउड स्टारको सामाजिक संजालका ह्यान्डलहरूमा देखिन थालेको छ। सलमान, करण, आलिया र सोनाक्षी लगायतकाको फलोअर इन्स्टाग्राममा तीव्र गतिमा घटिरहेको छ। यस सूचिमा सबैभन्दा माथि सलमान खानको नाम रहेको छ।

एकसाता अघिसम्म सलमानको इन्स्टाग्राममा ३३.९ मिलियन फलोअर रहेकोमा हाल सो संख्या घटेर ३३.४ मिलियनमा झरेको छ। यसैगरी निर्माता तथा निर्देशक करण जोहरलाई ३ लाख ३० हजार बढीले ‘अनफलो’ गरेका छन् भने सोनम कपुरलाई १ लाख ७० हजार बढीले ‘अनफलो’ गरेको पाइएको छ।

यसैगरी एकसाता अघिसम्म आलियाको ४८.३ मिलियन फलोअर रहेकोमा हाल त्यो घटेर ४७.३ मिलियनमा झरेको छ भने सोनाक्षी १८.६ मिलियनबाट घटेर १८.४ मा पुगेको छ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक