सुशान्त सिंह राजपूतका पुराना पाेस्ट भाइरल बन्दै जसमा ‘५० सपनाहरू छन’

  • प्रकाशित मितिः असार 9, 2077
  • 181 पटक पढिएको
  • औजार संवाददाता

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेकाले बलिउडलाई ठुलाे झट्का लागेकाे छ। पोस्टमार्टम रिपोर्टले सुशान्त सिंह राजपूतले आत्महत्या गरेको पुष्टि गरिसकेको छ।

सुशान्तले आत्महत्या गर्नु अगाडि कुनै पनि नोट लेखेनन्। त्यसैले उनले के कारण संसार छोडे त्यो अज्ञात रह्यो। तर सुशान्तको मृत्युपछि बलिउडमा नातावाद र सामूहवादको विरुद्धमा बहस चलिरहेको छ।

सुशान्तको मृत्युबारे विभिन्न अड्कलबाजी चलिरहेकै बेलामा सुशान्तले सन् २०१९ मा शेयर गरेको आफ्ना सपनाहरुको सूची यतिबेला भाइरल भइरहेको छ।

जसमा उनका ५० सपना थिए।

जसमा हवाईजहाज उडाउनेदेखि लिएर देब्रे हातले क्रिकेट खेल्ने, रेल चढेर यूरोप भ्रमण गर्ने, नासामा १०० बालबालिकालाई कार्यशालामा पठाउने आदि।

सुशान्त महिलालाई आत्मरक्षा ‘सेल्फ डिफेन्स’ सिकाउन चाहन्थे, योगा सिक्न चाहन्थे, बालबालिकालाई नाच्न, पोख्त मानिसहरुसँग बालबालिकालाई चेस खेल्न लगाउन चाहन्थे र लम्बरगिनी जिताउन चाहन्थे।

उनको यो पोस्ट पुरानो थियो। सुशान्तको मृत्युपछि एकजना मानिसले उनको रहरहरु लेखिएको पन्नाहरु शेयर गर्दै लेखेका छन्, ‘उनी जीवनको बारेमा सकारात्मक थिए।
सुशान्त गीतार सिक्न चाहन्थे, ज्वालामुखीको फोटोग्राफी गर्न चाहन्थे र विद्यार्थीलाई देशप्रति सुरक्षात्मक हुन सिकाउन चाहन्थे।

मेरा दिल नाम टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए ।

अहिले सुशान्तका प्रशंसकले शोक मनाइरहेका छन्। बलिउडमा छोटो समयमा नै राम्रो काम गरेर नाम कमाएका सुशान्तले जुन १४ गते मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आ'त्मह'त्या गरेका थिए।

 -एजेन्सी


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक