नायिका आलियाका फलोअर्स घटे

  • प्रकाशित मितिः असार 5, 2077
  • 235 पटक पढिएको
  • औजार संवाददाता

बलिउडकै स्थापित कलाकार सुशान्त सिंह राजपुतको निधनसँगै बलिउडका अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ।

टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्। 

‘परिवारवाद’ भएको भन्दै जारी विरोध शैली सामाजिक सञ्जालमा सबैभन्दा बढी देखिएको छ । सामाजिक संजाल इन्स्टाग्राममा आलियालाई अनफलो गर्नेको लहर नै चलेको छ । आलियाको इन्स्टाग्राममा ४ करोड ८९ लाखको हारहारीमा फलोअर्स थिए । तर, सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले ४ करोड ८० लाख पुगेका छन् । उनलाई इन्स्टाग्राममा अनफलो गर्ने लहर नै चलेको छ ।
यो मुद्दामा नायिका आलिया भट्टको सबैभन्दा धेरै आलोचना भइरहेको छ ।

ali

आलियाले सुशान्तलाई अन्तिम श्रद्धाञ्जलि दिँदै पोस्ट गरेको एक तस्वीरमा तीन लाख ७३ हजारभन्दा बढी प्रतिक्रिया आएको छ । जहाँ उनलाई गाली गर्नेको संख्या धेरै छ ।

अधिकांशले बलिउडमा ‘परिवारवाद’लाई महत्व दिएको भन्दै आलियाको चर्को आलोचना गरेका छन् । आलियाले कैयौं प्रतिक्रियाहरु हटाएकी छन् ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक