सिमानामा किसानलाई कुट्ने शसस्त्र विरुद्ध प्रहरीले लिएन उजुरी

  • प्रकाशित मितिः असार 2, 2077
  • 200 पटक पढिएको
  • औजार संवाददाता

इनरूवा । २०७७ असार १ गते । आफूलाई २०७७ जेठ ३० गते शुक्रवार सशस्त्र प्रहरीको कुटपिटबाट पीडित भएका सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३ का ३६ वर्षिय अरविन्द कुमार यादवले आफुले न्याय माग्न प्रहरीमा जाँदा कुनै सुनवाई नभएको गुनासो गर्नुभएको छ ।
सशस्त्र प्रहरीले आफुलाई बिना कारण कुटपिट गरेको र यातना दिएको बिषयमा न्याय माग्न जिल्ला प्रहरी कार्यालय सुनसरी पुग्दा आफनो उजुरी लिन नमानेको गुनासो गर्नुभएको छ । राज्यकै निकायबाट कुटपिट हुनु र न्याय माग्न जाँदा सुनवाई नभएकोले आफु झन असुरक्षित भएको गुनासो गर्नुभएको छ । यादवले आफनो कुरा सुनवाई नभएपछि न्यायका लागि पहल गरिदिन भन्दै सोमवार राष्टिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकलाई गुहारेको छ ।
यादवले आफनो गुनासो र पीडा शनिवार मात्रै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउनु भएको थियो । सो घटनाको बिषयमा बिभिन्न संचार माध्यममा समाचार प्रकाशन तथा प्रसारण समेत भएको थियो । तर सुनवाई नभएपछि अधिकारकर्मी र संचारकर्मीलाई गुहारेको यादवको भनाई रहेको छ । यादवले २०७७ असार १ गते न्यायको लागि पहल गरीदिन र कानुनी उपचारमा सहयोग तथा दोषीलाई कार्वाहीका लागि भन्दै आयोग र इन्सेकमा निवेदन दिनुभएको छ । मानव अधिकारको हनन भएको र उल्टै निवेदन समेत नलिएकाले इन्सेक र आयोगमा निवेदन दिएको बताउनुभयो । यादवले जिल्ला प्रहरी कार्यालय सुनसरीमा शान्ति सुरक्षा कायम गरी घाउँजाँच केश फारम भरी कानुनी कार्वाही गरी पाउँ भनेर निवेदन लिएर जाँदा प्रहरीले लिन अस्विकार गरेको दाबी गर्नुभयो ।
निवेदनमा सुनसरीको देवानगंज गापा ३ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट बीओपी कप्तानगंज कार्यालयमा कार्यरत प्रहरी निरीक्षक पशुपति पुरी र कृष्ण
भुजेललाई बिपक्षी बनाइएको छ । बिपक्षीहरुले आफुलाई बर्दीको आडमा कुटपिट गरेको र आफनो स्वतन्त्र पूर्वक बाँच्ने अधिकारको कुण्ठित गरेको गुनासो गर्नुभयो । यादवलाई मकैं उठाउन आफ्नै खेतमा गएको बेला सीमामा मकै किन ओसारेको आरोप लगाउदै सशस्त्र प्रहरीका जवान भुजेलले लाठ्ठी प्रहार गरी हात र खुट्टामा कुटेको हो । यादवले आफूलाई आफ्नै खेतमा कुटपिट र यातना दिदै सशस्त्र प्रहरीले चार घण्टा विना कारण नियन्त्रणमा राखेको गुनासो गरेका छन् । खेतमा मकैं उठाउन गएको बेला गत शुक्रबार दिउसो अन्दाजी २ ः ३० बजेको समयमा नजराना नदिई मकै लान नपाउने भन्दै गालीगलौज गरेर कुटेको पीडित यादवले बताएका छन् ।
पीडित यादवका अनुसार किसानहरुको बीचमा कुराकानी र मकैं उठाउने बारेमा छलफल चरिरहेको मौकामा सशस्त्र प्रहरीले आफूलाई पागल भन्नेको आरोप लगाउदै कुटपिट गरेको र चार घण्टासम्म सशस्त्र प्रहरीले नियन्त्रणमा राखेको थियो । यादवले सामान्य किसानदेखी भारतीय नागरिक र तस्कारसंग अबैधरुपमा रकम असुली कार्य अझै नरोकिएको विषयमा केही समय अगाडी कुरा उठाएको र सोही रिसिवि साध्नका लागि आफू माथि सुन्योजित रुपमा आक्रमण प्रयास र कुटपिट गरेको आरोप लगाउनुभयो । 


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक