काेराेनाः १८ जनाकाे मृत्यु, ५,३३५ संक्रमित

  • प्रकाशित मितिः जेठ 32, 2077
  • 277 पटक पढिएको
  • औजार संवाददाता

धरान । २७३ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप दुईजनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज २७३ जना थपिएकामा पुरुष २४७ र महिला ३६ जना छन् । कुल संक्रमित मध्ये पुरुष ४ हजार ९ सय ४९ र महिला ३८६ जना छन् ।अहिलेसम्म ७२ जिल्लामा संक्रमित भेटिएका छन् । अब पाँच जिल्लामा मात्र कोरोना संक्रमित पत्ता लागेकोे छैन ।

यसैगरी, पर्साका २५ वर्षिय पुरुष र बारा निजगढका ५ वर्षिय बालकको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । योसँगै मुत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये १५ पुरुष र ३ महिला छन् ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक