होटल सञ्चालकबाट घुस माग्ने प्रहरी अधिकृत रंगेहात पक्राउ

  • प्रकाशित मितिः जेठ 30, 2077
  • 3584 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । लकडाउनको समयमा होटल सञ्चालकबाट घुस माग्ने कनिष्ट प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक( असई) सिताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीले रंगेहात पक्राउ गरेकाे हाे । होटल व्यवसाय सञ्चालनमा सहजिकरण गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा बिहीबार आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको चार हजार घुससहित पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

घुस लिएर फर्कदै गरेको अवस्थामा कटहरी गाउँपालिका ३ कहटरी चोकबाट पक्राउ गरेको हाे । उनीमाथि थप अनुसन्धान भइरहेकाे आयोगले बताएकाे छ ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक