‘यसरी पाउनेभए विद्यार्थीले एसईईको प्रमाणपत्र’

  • प्रकाशित मितिः जेठ 29, 2077
  • 442 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं: सरकारले शिक्षा ऐन २०२८ को दफा २० अनुसार बाधाअडकाउ फुकाउ आदेश गरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा 'एसईई' को प्रमाणपत्र दिने भएको छ।

परीक्षा नलिने निर्णयसँगै सरकारले विद्यार्थी मूल्यांकनका सन्दर्भमा विभिन्न आदेश जारी गरेको छ।

जसअनुसार एसईईको फाराम भरेका विद्यार्थीको विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरण सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउनुपर्नेछ।

समितिले प्रमाणित गरी त्यो विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछ। त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले परीक्षाफल तयार पारी प्रकाशन गरी प्रमाणपत्र वितरण गर्ने आदेश जारी गरिएको सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

यसका लागि बोर्डले आवश्यक कार्यविधि बनाउन सक्नेछ। आदेशलाई नेपाल राजपत्रको अतिरिक्तांमा प्रकाशन गरिने मन्त्री खतिवडाले बताए।

यस्तो छ शिक्षा ऐनको दफा २० मा

यस ऐनको उद्देश्य कार्यान्वित गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले त्यस्तो बाधा अड्काउ हटाउन नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश निकाल्न सक्नेछ र त्यस्तो आदेश यसै ऐनमा परे सरह मानिनेछ ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक