आन्तरिक परिक्षालाई मान्यता दिएर सरकारले एसईईको प्रमाण पत्र दिन्छः मन्त्री पोखरेल

  • प्रकाशित मितिः जेठ 29, 2077
  • 255 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन ।

‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, पोखरेल भन्छन्, ‘यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने छन् ।’

लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उनको भनाइ छ । giriraj-tweet


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक