म्यानमारबाट आइपुगे २६ नेपाली: 'दुईवटा विमानबाट ४३ यात्रु लिएर फर्कँदै म्यानमार'

  • प्रकाशित मितिः जेठ 23, 2077
  • 95 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौँ: २६ जना नेपाली यात्रु लिएर आएका म्यानमार सेनाको २ वटा विमान शुक्रबार नै फर्कँदैछन्। उनीहरु नेपालमा रहेका ४३ म्यानमार नागरिकलाई लिएर फर्कँदै छन्।

विदेशमा रहेका नेपालीलाई सरकारले उद्धार गर्न थालेपछि म्यानमारले त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काएर आफ्ना नागरिक लैजान लागेको हो।

सेनाका दुईवटै विमान बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए।

man1

man

म्यान्मारबाट आउनेमध्ये सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश–१ का एक जना छन्। लकडाउनका कारण त्यहीं अड्किएका नेपालीलाई म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर स्वदेश फर्काएको हो। उक्त विमान केही बेरमा नेपालमा रहेका आफ्ना ४१ नागरिक र दुई नेपाली गरी ४३ यात्रु लिएर फर्किनेछ।

म्यानमारमा गरिएको परीक्षणमा उनीहरु सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ।
सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ। रोजगारदाता देश आफैले पठाएपछि बाँकी रहेकालाई आफूले उद्धार गर्ने सरकारको तयारी छ।

विदेशमा रहेका नेपाली स्वदेश आउनेभएपछि उनीहरूको व्यवस्थापनको लागि नेपाली सेना खटिएको हो ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक