विपिको अर्थाे अब्जबेशन वार्डकी बिरामीलाई कोरोना पोजेटिभ, वार्डलाई सिल नगरिने भएपछि उपचारमा संलग्न स्वाथ्यकर्मी चिन्तित

  • प्रकाशित मितिः जेठ 23, 2077
  • 1652 पटक पढिएको
  • औजार संवाददाता

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक बालिकामा कोरोना पोजेटिभ देखिएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं. ८ बाट खुट्टा भाँचिएर उपचार गर्न आएकी ८ वर्षिय बालिकामा कोरोना संक्रमण देखिएको हो । उनको अप्रेसन गर्ने तयारी स्वरुप गरिएको कोरोनाको पिसिआर परिक्षणमा पोजेटिभ देखिएको हो । उनलाई अर्थाे अब्जरवेशन वार्डबाट कोरोना उपचार केन्द्रमा सारिएपछि वार्डलाई पुरै सफा गरिएको प्रतिष्ठानका प्रबत्ता डा. निदेशकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार वार्डलाई पुरै सफाई गरेपछि सिल गर्ने आवश्यकता नभएको हो । तर कन्ट्र्याक ट्रेसिङ भने गर्ने तयारी थालिएको प्रवत्ता सापकोटाले बताउनुभयो ।
यता हाडजोर्नि विभाग प्रमुख प्रा.डा. पशुपति चौधरीले भने वार्डलाई पुरै सिल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आफुले वार्डलाई सिल गर्नेदेखि लिएर कन्ट्रयाक्ट ट्रेसिङ गर्न प्रतिष्ठानको प्रशासनलाई सुझाएको बताउनुभयो । अर्थाे अब्जर्वेशन वार्डमा कार्यरत चिकित्सकहरु भने वार्डलाई सिल नगरिने भएपछि चिन्तित भएका छन् । उपचारमा संलग्न एक चिकित्कसले भन्नुभयो –‘वार्डलाई सिल पनि नगर्ने र हामीलाई समेत क्वारेन्टाइनमा नपठाउने भएपछि हामी जोखिममा भयौ र हाम्रो परिवार नै जोखिममा पर्यो ।’

artho
यस अघि धनकुटाकी एक सुत्केरी महिलालाई कोरोना पोजेटिभ देखिदा प्रतिष्ठानको गाइनो वार्डलाई सिल गरिएको थियो ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक