'वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकी पोष्टमाआक्रमण र तोडफोड'

  • प्रकाशित मितिः जेठ 21, 2077
  • 261 पटक पढिएको
  • औजार संवाददाता

रुकुम पश्चिम: रुकुम पश्चिममा एक वडा अध्यक्षको नेतृत्वमा मंगलबार बेलुका प्रहरी पोष्टमा आक्रमण भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार बेलुका ९ बजे वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेका हो ।

आफ्नो नेतृत्वमा २०,२५ जना युवाहरु लिएर प्रहरी पोष्टमा आक्रमण गरेर उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जानकारी अनुसार अत्याधिक जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेका हुन् । पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ ।

tod1

प्रत्यक्षदर्शीका अनुसार उनीहरुले प्रहरीकोे हतियार खोसेर भाग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी हतियार फिर्ता लिएका हुन् ।

प्रहरी सहायक निरीक्षक ९असई० को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा आक्रमण हुँदा केही प्रहरी काम विशेषले बाहिर रहेको बताइएको छ । उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेका छन् ।

‘दिनभर क्वरेन्टीन व्यबस्थापनको कामबाट फर्किएर आउनेबित्तिकै खाना खान लागेको थिएँ,’ प्रहरी सहायक निरीक्षक धनबहादुर साउँदले भन्नुभयो, ‘एक्कासी आतंककारी शैलीमा हामीमाथि आक्रमण गरियो ।’

उहाँका अनुसार सुरुमै ड्युटीमा बसेको प्रहरीलाई अध्यक्षले लात्ती हानेका र उनका छोरा लगायतले हातमा चक्कु समातेको स्थानीयले देखेका पोष्ट इन्चार्जसमेत रहेका साउँदले भन्नुभयो ।

जानकारी अनुसार दादागिरी मच्चाउँदै आएका अध्यक्ष केसीलाई बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गरेको र जवाफमा अध्यक्ष केसीले ‘तँ हवल्दार चुप लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै झोक्किएर गएका प्रहरीले जनाएको छ ।

त्यसैगरी उनले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छोडेको थियो ।

tod

त्यही रिसको आवेगल अन्य युवाहरुलाई उक्साएर प्रहरी चौकिमा आक्रमण गरेको हुनसक्ने स्थानीयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घटनास्थल पुग्न नपाउँदै उनी भागेको र अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

यसअघि वडाध्यक्ष केसीले जिल्लाबाट गएको प्रहरीको ड्युटी टोलीका प्रमुखमाथि पनि आक्रमण गरेका थिए । सत्ता र पार्टीको पहुँचका भरमा उनी छुटेका थिए ।
वडाध्यक्ष केसी तत्कालीन माओवादी पार्टीबाट निर्वाचित भएका हुन् ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक