'रोमानियामा टाढा–टाढै बस्ने ठुलाे जुत्ता बनाइयो'

  • प्रकाशित मितिः जेठ 20, 2077
  • 145 पटक पढिएको
  • औजार संवाददाता

रोमानिया: ग्रिगोरे लुप रोमानियामा जुत्ता बनाउँछन्। कोरोना भाइरसको प्रकोपपछि त्यहाँ दुई महिना लकडाउन लागू गरियो।

गत महिनामात्र त्यहाँ लकडाउन खुला गरिएको छ। यद्यपी त्यहाँ व्यक्ति–व्यक्तिबीचको दुरीको नियम कायम गर्न भने भनिएको छ।

कोरोना संक्रमितको नजिक रहँदा कोरोना सर्ने त्रास हुन्छ। डब्लूएचओका अनुसार कोरोना प्रकोपका बेला मानिसले व्यक्ति व्यक्तिबीचको शारीरिक दुरी साढे एक देखि २ मिटरसम्म कायम गर्नुपर्छ।

यसरी कोरोना संक्रमण हुने खतरा रहँदैन।

तर मानिसहरुले शारीरिक दुरीको नियम पालना नगरेको देखेपछि ग्रिगोरे लुपले साइज ७५ को जुत्ता बनाएका छन्।

यो जुत्ताको लम्बाई सामान्यभन्दा निकै लामो छ। मानिसहरुले शारीरिक दुरीको नियम पालना गरुन भनेर यस जुत्ता बनाएको उनले बताएका छन्।

यस जुत्ता लगाएपछि मानिसहरु टाढा–टाढै बस्ने उनको विश्वास छ।

-एजेन्सी

 


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक