भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

  • प्रकाशित मितिः जेठ 13, 2077
  • 683 पटक पढिएको
  • औजार संवाददाता

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भारतमा रहेकाहरुलाई उद्धार गर्ने भएको छ । भारतमा काम र रोजगारका लागि रहेकाहरुलाई घर फर्किन चाहनेहरुको हकमा उद्धारको प्रकृया अगाढी बढाइएको छ । नेपाली गाउँबासी नागरिकहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाले गाउँनै ल्याउने प्रक्रिया सुरु गरेको हो ।
भारत सरकारले रेल सेवाबाट नेपाली जनतालाई सिमा क्षेत्रसम्म छोड्ने क्रम जारी रहेकोले जनप्रतिनिधिहरुले स्थानीय सरकार भएको हैसियतमा उनीहरुलाई सुरक्षित ल्याउने निर्णय गरेको भोक्राहा ८ का वडा अध्यक्ष हातिम अन्सारीले जानकारी दिनुभयो ।
वहाँले पालिकाले सूचना जारी गर्दै हाल भारतमा रहेका भोक्राहाका स्थानीयबासी नागरिकहरुलाई नेपाल ल्याउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
भोक्राहा नरसिंहका विद्यार्थीहरु तथा मजदुरहरु घर आउन चाहाना गर्नुभएकालाई र भारतको क्वारेन्टाईनमा १४ दिन बसेर निस्केका समेतलाई सम्पर्कमा आउन आग्रह गरेको बताउनुभयो ।
भोक्राहा नरसिंहमा दुई जना सम्पर्क व्यक्ति तोक्दै सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न अथवा We Support Hatim Ansari / Bhokraha narsingh gaupalika को आधिकारिक फेसबुक पेजमा जानकारी गराउन आग्रह गरेका छन ।
उद्धार गरिएका नागरिकलाई भोक्राहा नरसिंह गापा ल्याए पश्चात वडा नं. ८ मा रहेको भोक्राहा स्वास्थ केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने र स्वास्थ्यमा कुनै समस्या देखिए अनिवार्य रुपमा क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने, पालिकाको नियम पालना गर्नुपर्ने समेत नियम बनाएको स्थानीय पत्रकार अजमल नेपालीले जानकारी दिनुभएको छ ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक