''कसरी भयाे दुर्घटना मध्यरातमा पूर्वयुवराज पारसको गाडी'' ठक्करले गोरु घटनास्थलमै मर्‍यो

  • प्रकाशित मितिः जेठ 10, 2077
  • 532 पटक पढिएको
  • औजार संवाददाता

जेठ, १० । पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटना भएको छ ।

शुक्रबार राति करिब साढे २ बजे पोखरा पृथ्वीचोकमा एउटा गोरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले मध्यरातमा गोरुलाई ठक्कर दिएको हो । गाडीको ठक्करपछि घटनास्थलमै गोरुको मृत्यु भएको छ । ‘गाडी भने पारस आफैँले चलाएका थिएनन्,’ एसपी कार्कीले अनलाइनखबरसँग भने ।

दुर्घटना भएको गाडीमा तीन जना सवार थिए । मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

‘आफ्नो ड्राइभर नभएर अर्कै ड्राइभर लिएर अस्पताल जाँदै रहेछन् । निजी नभई अर्कै ड्राइभरले दुर्घटना गराएको रहेछ,’ एसपी कार्कीले भने । उनलाई छातीमा समस्या आएपछि मध्यरातमा गण्डकी अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको उनले जानकारी दिए ।

दुर्घटनापछि चालक अशोक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एसपी कार्कीले भने, ‘मादपदार्थ सेवन थिएन । चालकलाई हामीले नियन्त्रणमा लिइसकेका छौं । अब आवश्यक कारबाही अघि बढाउँछौं ।’

पूर्वयुवराज पारस लकडाउनको समयमा आफ्ना सहयोगीहरूसँग करिब नौ महिनादेखि पोखराको लेकसाइडमा बस्दै आएका छन् । केही दिनअघि उनले पोखराका जलारी समुदायलाई राहत वितरणसमेत गरेका थिए ।

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे