कोरोना संक्रमितकाे मृत्यु भएमा के गर्ने ? विपि प्रतिष्ठानमा काेराेना संक्रमण व्यवस्थापन बारे छलफल !

  • प्रकाशित मितिः जेठ 9, 2077
  • 804 पटक पढिएको
  • औजार संवाददाता

धरान । प्रदेश नम्बर १ मा कोराना संक्रमित बढ्दै जाँदा यसको नियन्त्रण तथा कुनै अप्रिय घटना भए त्यसको व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयारी सुरु गरेको छ ।
सक्रमितको उपचारसँगै मृत्युभएमा शव व्यवस्थापनको लागी समन्वय कसरी गर्ने विषयमा प्रतिष्ठानले शुक्रबार धरान उपमहानगरपालिकासँग छलफल गरेको छ । छलफलमा प्रदेश सरकार, स्थानिय सरकार, प्रतिष्ठान र सुरक्षा निकायसँगको समन्यवमा सक्रमितको मृत्यु भएमा व्यवस्थापन आपसी समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीका अनुसार छलफल समग्र कोरोना संक्रमण नियन्त्रण तथा कोरोना संक्रमणबाट आइपर्ने विभिन्न समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ केन्द्रीत भएको थियो । उहाँका अनुसार छलफलमा कोरोना संक्रमितलाई अस्पतालसम्म ल्याउने तथा उपचार गर्ने, कन्ट्र्याक ट्रेसिङ, अत्यावश्यक वस्तु उपलब्ध गराउने उत्तम विधि, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको पिसिआर परिक्षण गर्नेदेखि संक्रमित भएर मृत्यु भएमा त्यसको अन्तिम संस्कारलाई कसरी व्यवस्थापन गर्ने भन्नेसम्मको छलफल भएको छ । प्रदेश सरकारसँग समन्वय गरेर यी सबै विषय टुग्याउने समेत उपमेयर भण्डारीले बताउनुभयो ।

छलफमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे