मोरङका नयाँ संक्रमित पुरुष: 'गुजरातबाट आएका थिए तीनजना साथीसँग'

  • प्रकाशित मितिः जेठ 9, 2077
  • 85 पटक पढिएको
  • औजार संवाददाता

जेठ ९ - विराटनगर । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिका-२ का पुरुष गुजरातबाट आएको पाइएको छ ।

रतुवामाई नगरपालिका – २ का ४१ वर्षीय पुरुष अन्य तीनजना साथीसँगै भारतको गुजरातबाट गाउँ फर्किएका हुन ।

रतुवामाई नगरपालिका – २ का वडाध्यक्ष किरणलालसिंह गनगाईका अनुसार संक्रमित जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । युवक ७ जेठमा गाउँ आइपुगेका थिए । उनीसँगै आएका अन्य तीनजनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

अध्यक्ष गनगाईका अनुसार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गुजरातबाट आएका व्यक्तिको पीसीआर जाँच गरिएको थियो ।

जेठ ५ गते रतुवामाई १ मा भारतको मुम्बईबाट आएका व्यक्तिलाई कोरोना देखिएको थियो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । संक्रमितमध्ये २ जना रतुवामाई र २ जना विराटनगरका हुन । प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ ।

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे