प्रतिष्ठानको फार्मेसी व्यवस्थित बनाईने

  • प्रकाशित मितिः जेठ 9, 2077
  • 902 पटक पढिएको
  • औजार संवाददाता

धरान  । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको फार्मेसी व्यवस्थित रुपमा सञ्चालनमा आउने भएको छ ।
अव्यवस्थित रुपमा सञ्चालनमा रहेका फार्मेसीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न प्रतिष्ठनाले काम सुरु गरेको हो । ३ वर्ष अगाडी प्रतिष्ठान आफैले फार्मेसी सञ्चालनमा ल्याएको भए पनि ब्यवस्थित नहँुदा प्रतिष्ठानको फार्मेसी नामको मात्र बनेको थियो । नेपाल सरकारको निर्देशनमा प्रतिष्ठानले २०७४ चैत्र १९ गतेदेखी फार्मेसी सञ्चालनमा ल्याएको भए पनि फार्मेसीमा पर्याप्त औषधी नहुँदा विरामीहरुले सास्ति भौग्दै आएका थिए । प्रतिष्ठानमा आउने सेवाग्राहीहरुलाई सबै प्रकारका औषधी प्रतिष्ठानको फार्मेसीमै उपलब्ध हुने गरि फार्मेसि व्यवस्थित गर्नकोलागी उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले एक समित गठन गर्नुभएको हो ।
उपकुलपति गिरिले स्त्री तथा प्रसुती रोग विभागका प्रमुख प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीको संयोजकत्वोमा फार्मेसी व्यवस्थापन, सञ्चालन तथा अनुगमन समिति बिहिवार गठन गर्नुभएको हो । समितिको सह–संयोजक डेपुटि अस्पताल निर्देशक डाक्टर दिलिप ठाकुर रहनुभएको छ भने सदस्य सचिवमा फर्माकोलोजी विभागका एसिस्टेन प्रोफेसर भावेश कोइराला रहनुभएको छ । समितिको सदस्यमा हाडजोर्नी विभागका एसिस्टेन प्रोफेसर प्रमोद बराल तथा आर्थिक प्रशासन महाशाखा प्रमुख र खरिद शाखा प्रमुख पदेन सदस्य रहने छन् ।
समितिले काम सुरु गरिसकेको वताउदै समितिका संयोजक प्रा.डा रेग्मीले औजार न्युजसँग टेलिफोनमा कुरा गर्दै भन्नुभयो –अब प्रतिष्ठानको फार्मेसी व्यस्थित बन्ने छ, प्रतिष्ठानमा आउने सबै सेवा ग्राहीले प्रतिष्ठानकै फार्मेसीमा सबै औषधी पाउने वातावरण बनाउने छौ ।” प्रतिष्ठानको फार्मेसी अब नयाँ अवधारणाका साथमा सबै औषधी सहितको फार्मेसी सञ्चालनमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानको उपकुलपतिले केही समय अगाडी फार्मेसी सञ्चालन र व्यवस्थापन कसरी गर्ने सकिन्छ भनेर अध्ययन गर्न हाडजोर्नी विभागका प्रमुख तथा कार्यकारीणी समिति सदस्य प्राध्यापक डाक्टर पशुपति चौधरीको संयोजकत्वमा समिति बनाउनुभएको थियो । समितिले अध्ययन गरि प्रतिवेदन बुझाएको एक साता वित्न नपाउदै उपकुलपती गिरीले समिति गठन गरी काम सुरु गर्न निर्देशन दिनुभएको हो ।

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे