काेराेनाबाट साउदीमा मात्रै ७ नेपालीकाे मृत्यु, १३ सय बढी संक्रमित

  • प्रकाशित मितिः जेठ 9, 2077
  • 210 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी । कोरोना भाइरसबाट साउदी अरबमा ७ नेपालीको मृत्यु भएको छ। बिहीबारसम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो । कोरोनाबाट १ हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्वी क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्र ३ र दूतावासले हेर्ने क्षेत्रमा १ हजार १६ जना संक्रमित भएका छन् । त्यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना संक्रमित भएका दूतावास रियादले जनाएको छ।

कोरोना भाइरसको बढ्दो संक्रमण, साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गर्दै नेपाली दूतावासले साउदीमा रहेका विभिन्न क्रियाशील संघ–संस्थाको सहकार्यमा खाद्यान्न र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ । अहिलेसम्म साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट ६५ हजार ७७ जना संक्रमित भएका छन् भने ३ सय ५१ जनाले ज्यान गुमाइसकेका छन्।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे