झापाका कोरोना संक्रमित उपचारकाेलागी विपि प्रतिष्ठान आइपुगे (भिडियो)

  • प्रकाशित मितिः जेठ 8, 2077
  • 1469 पटक पढिएको
  • औजार संवाददाता

धरान । आज दिउँसो थप भएको ८ जनासहित कुल २३ जना कोरोना संक्रमित झापा जिल्लाबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका छन् । उनीहरुलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखेर उपचार गरिने प्रतिष्ठानका प्रवत्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । प्रतिष्ठानमा यस अघि नै एक सय बेडको कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । तर कोरोना संक्रमितको अवस्था जटिल नभएकोले अहिले विपि प्रतिष्ठानको आइसोलेसन वार्डमा नै राखिने भएको छ ।

झापाबाट आउदै गरेका २३ जना केचनकवल गाउँपालिकाका हुन् । उनीहरु सबै रोजगारीको सिलसिलामा भारत गएर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना संक्रमितलाई विपि प्रतिष्ठान ल्याउदा संक्रमणको खतरा हुने भन्दै केही हल्ला चले पनि त्यस्तो नहुने प्रतिष्ठानका प्रवत्ता डा. निदेश सापकोटाले बताउनु भएको छ । उहाँले धरानबासीलाई त्यस्तो हल्लाको पछाडी नलाग्न समेत आह्वान गर्नुभएको छ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे