'२४ सै घण्टा तैनाथ' भनेर प्रचार गरिएका ४ वटा एम्बुलेन्स बिरामी बोक्ने बेलामा कहाँ गए ?

  • प्रकाशित मितिः जेठ 8, 2077
  • 890 पटक पढिएको
  • सन्ताेष काफ्ले

लकडाउन सुरु भएसगै संभावित जोखिमलाई मध्यनजर गर्देै धरान उपमहानगरपालिकाले शंकास्पद अनि संक्रमितहरुलाई उपचारको लागी अस्पतालसम्म लैजान तथा अस्पतालको हेल्फ डेक्समा आएका शंकास्पद विरामीलाई आसुलेसनसम्म लैजान भनेर ४ वटा एम्बुलेन्स २४ सै घण्टा तैनाथि अवस्थामा राखेको भनेर व्यापक प्रचार प्रसार गर्यो ।

उपमहानगर नगर त्यसमा पनि मेयर ज्युले जस्तो सुकै अवस्थाका विरामीहरुलाई उपचार गर्न अस्पतालसम्म पुर्याउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ वटा एम्बुलेस २४ सै घण्टा तैनाथि अवस्थामा राखेको वताउनु भएको थियो । तर आज धरानमा कोराना सक्रमित लाई प्रतिष्ठानसम्म लान उपमहानगरले एम्बुलेन्स छैन भनेर भनेको सुन्नमा आयो । यो भन्दा अगाडी पनि इटहरीका सक्रमितलाई विराटनगरसम्म लैजान उपमहाननगरले आफुहरुले व्यवस्था गरेको एम्बुलेन्स संक्रमित वोक्क होइन भन्दै दिएको थिएन । आाफ्न नागरिक विरामी हुन्छन् अनि फलानाले सहयोग गरेन भनेर वस्ने कि सरकार भए पछि सरकारको हैसियतमा विरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने । प्रदेश संघ अनि अन्य कुनै अमुख संस्थाले गर्नु पर्छ भनेर आफ्ना नागरिकलाई उपचारवाट बञ्चित गउरान मिल्छ ?

अरुको कारण सक्रमण फैलिने डर भयो त्रास फैलियो भन्ने उपमहानगरले सक्रमित पुष्टि भइसकेको विरामीर्लाई १६ घण्टा भन्दा लामो समय अस्पताल पुर्याउन सक्दैन । स्थानिहरु त्रसित छन् अव सरकारको यहि अवस्था हो भने कसरी सुरक्षित हुन्छन् नागरिक प्रश्न उब्जिएको छ । उपहानग। मात्र नभई आफुलाइर्ए विपतको साथि भन्दै आएको र सामाजिक संस्था को रुपमा स्थापित नेपाद रेडक्रस सोसाइटी किन मौन कहाँ छ यति लामो समयसम्म विरामीले अस्पतालसम्म नपुग्दा, कि उसका एम्बुलेन्स पनि संक्रमित बोक्न होइन । त्यो मात्र होइन धरानको प्रतिष्ठान अघी सेवाका नाममा व्यापार गरेर वस्नै दर्जनौ एम्बुलेन्स खै कहाँ गए । अनि भन्न मन लागेको छ कहाँ छ स्थानिय सरकार ? कहाँ छ स्थानीय प्रशासन  ?

आफुु केही तयारी नगर्ने असनि अर्काले गरेन भनेर बस्नेकी स्थानिय सरकार भए पछि सरकारको हैसियतमा काम गर्ने । आफु मातहत नभएका निकायलाइ आफ्नो मातहतमा ल्यान खोज्नु भन्दापनि आफु मातहतका निकायलाई राम्रोसँग परिचालन गर्ने सक्ने हो भने कुनै समस्या हुदैन । यो घटनाले धरान उमहानगरले विपत व्यवस्थापनको तयारी राम्रोसँग नगरेकाे स्पष्ट भएको छ यो घटनालाइ पाठको रुपमा लिएर उपमहानगरले तयारी आफै गर्नु पर्छ अरुको मुख ताक्ने होइन ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे