कर्मचारीतन्त्र र प्रहरीतन्त्रको संजालमा मुलुकले निकासा पाउला ?

  • प्रकाशित मितिः जेठ 8, 2077
  • 207 पटक पढिएको
  • औजार संवाददाता

बिषय प्रबेश:-
घुसमा रङ्गेहात पक्राउ परेका केहि कर्मचारी र केही प्रहरीलाई समेत सम्मानित अदालतले सफाई दिएको थियो।"तीन महिनमा रङगेहात पक्राउ परेका १७ जनाले पाए अदालतबाट सफाई!"(नयाँपत्रीका:२९ फागुन,२०७६पृष्ठ-३ हेर्नुहोस) यातयात व्यवस्था कार्यलय ठूलो-भर्याङग स्वयम्भुका सहलेखापाल देवेन्द्र गोईत, मेडिकल सहायेक(निजि) नारायण श्रेष्ठलाई १६ हजार घुसवापतको रकम लिसकेको अवस्थामा पक्रीयो।गोईतलाई १६ हजार बिगो र मतियारको भुमिका खेलेको भन्दै तथा श्रेष्ठ्लाई भ्रष्ट्रचार निवरण एन वमोजिम जरिवाना र कैद सजायको दावी गर्दै o७६ भदौ २१ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्यो।तर अदलातले १८ भदौमा सफाई दियो।यो एउटा घट्ना मात्र हो।तीन महिनाको अवधिमा १७ जनाले सफाई पाउछ भने १२ महिनामा त्यसैको अनुपातमा हिसाब गर्ने हो भने ६८ जनाले सफाई पाउछ।यसअर्थमा घुस र भ्रष्ट्रचारमा मुछिएको राजनितिक नेताहरु,कर्मचारीतन्त्र र प्रहरीतन्त्रले मुलुकको सम्बृद्दीमा भुमिका खेल्छ भनेर दावी गर्न निकै मुस्किल पर्छ।हिजोकै राजा-महाराजाको शैलिमा परिवर्तन नभएको कर्मचारीतन्त्र र प्रहरीतन्त्रलाई लोकतान्त्रीक प्रकृयामा ल्याउन सरकारले नीति नियम बनाएर आफू पनि भ्रष्ट्रचार मुक्त भएर मात्र सहि मार्गमा हिडाउन सक्दछ।नत्र सामन्तवादमा आधारित कर्मचारीतन्त्र र प्रहरीतन्त्रको व्यवहरलाई सुधारसम्म पनि गर्न सक्ने छैन।

के भन्छन त नेतादेखि राजनितक बिश्लेषकहरु/केही भनाईहरु:-
(१)"मुलुकमा ठूलो परिवर्तन भएको छ।संरचनाहरु वदलिएका छ्न।तर स्थायी सरकारको रुपमा स्थापित कर्मचारी तन्त्रको कार्यशैली,मनोविज्ञान र चिन्तन उस्तै छ। प्रधानमन्त्री ओलिको समृद्दिको सुन्दर सपनामा कुरुप कर्मचारीतन्त्र तगारोको रुपमा देखिएको छ।"(राजेन्द्र अर्याल:nayapage tv)

(२).नेकपाका नेता घनश्याम भुसाल भन्छ्न"मन्त्री अर्ब,पीए करोड कमाउने धन्दामा छ्न,कसरी आउँछ,समाजवाद?थप गर्दै भन्छन"म भन्नेहरु सत्यनास भएका छ्न, हामी भन्नेहरुको बिजयको ईतिहास छ।"(nayapage.com:२०७६ असोज ६)
(३).नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाक्री भन्छिन"मन्त्रीले मात्र घुस नखाने हो भने भ्रष्ट्रचार नियन्त्रण हुन्छ"(nagariknews:o८ असोज,२०७६)

अदालतका जिम्मेवारहरु के भन्छ्न ?
(१)."वास्तविक रङगे हातलाई अदालतले सफाई दिदैन।"(पुष्पराज पाण्डेय: प्रवक्ता विशेष अदालत)
(२)"असफल भएका मुद्दामा आयोगले पुनरावेदन गर्छ।"(प्रदिप कुमार कोईराला:प्रवक्त अख्तियार) -- -(नयापत्रीका २०७६ फागुन २९ गते)

राजनितिक परिवर्तन भयो तर कर्मचारीतन्त्रको व्यवहार फेरिएन:-
तत्कालिन नेकपा(एमाले)का जननेता नेता स्व:मदन भण्डारीले भनेका थिए"यदि प्रमुख शत्रुलाई हटाएर पनि आधारभुत जनताको जिवनमा परिवर्तन हुदैन भने त्यसले जनताको जीवनमा खुसहा ल्याउन सक्दैन।"अर्थात राजनितिक परिवर्तनको उदेश्य आधारभुत तल्लो तहको जनता र तमाम जनतासङग सम्बन्धित हुन्छ्न।दलका निम्ति प्रतिस्प्रधा गर्न दलको स्थापन नभएर त्यो देश र जनताप्रती जिम्मेवार रहेको हुन्छ।नेकपाका नेता घनश्याम भुसालका अनुसार जस्तो छ समाज उस्तै खालको राजनितिक पार्ट्रीको गठन हुने हो भने त्यो दलको आवशेक्ता हुदैन।किनकी राजनितिक दल भनेको सिदान्त र बिचारले समाजभन्दा अलिक बिकाशित भएको हुनुपर्छ।यसअर्थमा मुलुकमा राजनितिक परिवर्तन भयो।सङघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्था आयो।तर हिजो झै आज पनि प्रहरी र कर्मचारीतन्त्रको नियत फेरिएको छैन।राजेन्द्र अर्याल प्रधानमन्त्री ओलिको सम्बृद्दीको सुन्दर सपनामा कुरुप कर्मचारीतन्त्र तगारोको रुपमा रहेको बताउछ्न।

अदालतबाट सफाई क-कसले पाए ?
१.इलाका प्रशासन कार्यलय रामगोपालपुर महोतरीका कार्यरत कम्प्युटर(करार)अशोक कुमार सिंहलाई ४ हजार घुस सहित २४ वैशाख २०७६ मा रङगेहात पक्राउ गर्यो।२.नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र कलैया बारामा कार्यरत इलेक्ट्रीशियन श्याम किशोर भगतलाई अख्तियारले १० असार २०७५मा ३० हजार घुससहित रंगेहात पक्राउ गर्यो।

३.नापी कार्यलय साखु काठमाडौका नापी अधिकृत भागवत शाह र कार्यलयमा करार कार्यलय सहयोगी खेमराज भण्डारीलाई १९ बैशाख २०७५ मा २ लाख ५० हजार घुस लिएको अवस्थामा कार्यलय परिसरबाटै पक्राउ गर्यो।

४.भुमिसुधार तथा मालपोत कार्यलय कलैया वाराका खरिदार रामजी प्रसाद शाह र खडकभक्त शर्मा खरेललाई २३ हजार घुस सहित पक्राउ गर्यो।५.पर्साका वडा सचिव दिपक खनाललाई बाल बिकासको ९० हजार रकम निकासा दिने क्रममा ३० हजार रुपैया घुस दिए वापतको रकम सहित २८ असार ०७४मा रङगेहात पक्राउ गर्यो।उनीहरुलाई पक्रेपनी अदालतले सफाई दिएको थियो।

प्रहरी पनि उतिकै संलग्न:-
महानगरिय प्रहरी प्रभाग,काडाघारी,कोटेश्वर र सानोठिमिमा कार्यरत प्रहरी कर्मचारीले वालुवा बेचबिखान गर्ने व्यवसायीलाई विभिन्न बहनामा डर धम्की देखाई घुस माग गरेको उजुरीका आधारमा अख्तियारले ३० भदौ २०७५ मा नौ जना प्रहरीलाई रङगेहात पक्राउ गरेको थियो।अमन चौधारी,सुवास ढुङ्गाना,दिपक भारती,मानसिंह रोक्का आदिलाई पक्रेउ परेको थियो। तस्तै गरि २० असोज ०७५ मा अख्तियारले महानगरिय प्रहरी बौदका तत्कालिन प्रमुख प्रहरी नायव उपरिक्षक(डीएसपी) श्याम कुमारलाई एकलाख ४० हजार घुस सहित कार्यलय परिसरवाटै पक्राउ गरेको थियो।तर अदालतले भने सफाई दिएको थियो,२७ मङशिर २०७६मा ! यसरी शान्ती र सुरक्षाको अङ्गमा खटीरहने प्रहरीहरु नै घुस र भ्रष्ट्रचारमा मुछिन्दै आएका छ्न।आचरण,कार्यशैली,जनतासङगको प्रस्तुती सबै हेर्दा लोकतान्त्रीक गणतन्त्रको सेवक नभए पुरानै सामन्ती चिन्तामा आधारित सोचका पक्षपाती जस्तो देखिन्छ।मानौ तिनीहरु जनताको सेवक होइनन शासक हुन । जो कोहि धेरैलाई यस्तो लाग्न सक्छ।तिनिहरुले आफुलाई खास गरि केन्द्रीय नेता,मन्त्रीको सोर्स फोर्समा आएकाले/पद बढुवा भएकाले स्थानिय तहकाहरुको कुरा सुन्न मान्दैनन। यसकारण सङघीय लोकतान्त्रीक गणतन्त्रमा प्रदेश र स्थानिय तहलाई शान्ती सुरक्षाको अधिकार प्रत्योजन गर्ने बहस हुदै आएको छ।यसमा केन्द्रले तदारुक्ताका साथ नियम,विधि,बिनियम बनाएर अधिकार दिन भने जरुरी छ।सङघीयताको मुल मर्म पनि यहि हो।स्थानिय जनताको साथमा प्रहरी जनताको सेवक हुन भन्ने कुरालाई दर्शाउन चाडो भन्दा चाडो यसो गरिनुपर्दछ।नत्र सामन्तावादी चिन्तनमा आधारित प्रहरी सङठनको व्यवहरमा परिवर्तन हुन सक्ने छैन। (हेर्नुहोस नयापत्रीका)

अन्त्यमा:-
रङ्गेहात पक्राउ पर्नुलाई भ्रष्ट्रचार मुद्दामा सबै भन्दा ठूलो प्रमाण मानिन्छ।तर त्यसरी पक्राउ परेका कर्मचारी र प्रहरीहरुले अदालतबाट सफाई पाउने गरेका छ्न।यसकारण बेला-बेलामा न्यायलयमाथी पनि जनताले प्रश्न उठाउने गरेका छ्न।"एक सर्वेक्षण अनुसार अदालतमा पैसाको प्रलोभनमा न्याधिसहरुले काम गरेको बताएको थियो।(हेर्नुहोस नेरासा)यसअर्थमा हाम्रो कर्मचारी र प्रहरी सङ्गठनलाई लोकतान्त्रीक आचारणको पालना गराउने कुरामा राजनितिक दल, तिनका नेता र सरकार संचालन गर्ने तहमा पुगेकाहरु चुकेका छ्न।ती कर्मचारी र प्रहरीहरु निश्चित नेता अर्थात जसले आफुलाई जोगाएको र बढुवामा सहयोग गरेको छ त्यसको चाकरी गर्ने र आम नागारिक जनताको कुरा भने सुन्न नभियाउने तहमा रहेका हुन्छ्न।प्रहरी जनताको साथी भन्दै बाहिरा आवज फुक्ने तर भित्र भने अर्कै काम हुने गर्दछ।यसकारण कर्मचारीतन्त्र र प्रहरी सङगठनको व्यवहरले मुलुकमा सङघीय लोकतान्त्रीक गणतन्त्रमाथी प्रहार हुदैछ। त्यसमा देश चलाउने सत्तापक्ष र प्रतिपक्ष दलहरुले गम्भीर भएर निति,नियमको पालना गराउन कडा निर्देशन दिनु पर्दछ।देशको सम्बृद्दी र बिकासको लागि अगाडि बढ्दा सरकारका अङगहरु कतिका लोकतान्त्रीक छ्न कि छैनन?अर्थात योग्यता,पार्दशिता,जवाफदेहिता र मिताव्यीता छ्न कि छैनन ?यसको निर्क्योल गर्नु आजको आवशेक्ता हो।राजनितिकदल,दलका नेताहरुले आफुलाई परिस्कृत र परिवर्तनकापक्षमा उभ्याउदै, तयारी गर्दै,भ्रष्ट्रचार र घुसखोरीको अन्त्य गर्दै,त्यस्ता घुसखोरी जो कर्मचारी र प्रहरीहरु छ्न तिनको लामो लिष्ट बनाएर अख्तियारले दायर गरेको रङगेहात मुद्दामा पक्राउ परेकालाई सफाई होइन कानुन अनुसार कार्वही गर्ने आट गर्नु पर्द्छ। तब देशमा प्रधानमन्त्री ओलिको सम्बृद्दी र बिकासको नारा र सपनालाई साकर पार्न सकिन्छ। मदन भण्डारीले भने जस्तै सामन्तावाद,पुजिवाद,साम्राज्यवाद्को शोषण दमन,उत्पिडन कायम रहिरह्यो भने त्यसले कुनै पनि आधारभुत जनताको जिवनमा खुशियाली छाउन सक्दैन।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे