इंग्लिस प्रिमियर लिगका ६ खेलाडीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि...

  • प्रकाशित मितिः जेठ 7, 2077
  • 127 पटक पढिएको
  • औजार संवाददाता

जेठ - ७ । प्रिमियर लिग खेल्ने क्लबका ६ जना खेलाडीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । आइतबार र सोमबार गरिएको तीन वटा क्लबको ७ सय ४८ जनाको परीक्षणमा ६ जनामा सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ ।

la 1

जुन महिनाबाट प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको आयोजक संस्थालाई यो घटनाले थप धक्का पुगेको छ । सङ्क्रमण देखिएका खेलाडी वा स्टाफको नाम भने गोप्य राखिएको छ ।

सङ्क्रमण देखिएकालाई सात दिनको आइसोलेसनमा राखिएको छ । प्रिमियर लिगका क्लबहरुले मंगलबारबाट समूहमा प्रशिक्षण सुरु गरिसकेका छन् । कोरोनाका कारण मार्च १३ तारिखबाट लिग स्थगित रहेको छ । जसका कारण प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेका छन् । प्रोजेक्ट रिस्टार्टको योजना अनुसार प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको एफएले यो सङ्क्रमणपछि के निर्णय गर्नेछ भन्ने सबैको चासो रहेको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे