‘आफ्नै छोरीद्धारा बुबाको ह'त्या’

  • प्रकाशित मितिः जेठ 6, 2077
  • 319 पटक पढिएको
  • औजार संवाददाता

मङ्गलबारे, ६ जेठ- इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ज्या’न लिएकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ज्या’न लिएकी हुन् ।

शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झ’गडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा झ'गडा हुँदा छोरीले नै ज्या’न लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झ'गडा भएको थियो । फुलबहादुरको टाउकोमा चो(ट देखिएको छ । टाउकोमा चि'र्पट प्र'हा'र गरेर ज्या’न लिएको हुनसक्ने बताइएको छ ।

“गहिरो चो'ट नदेखिएका कारण धा'रिलो ह'ति'यार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक शाहले भन्नुभयो । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झ'गडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे