भारतीय सिरियलमा नेपाली जोडेर दिइयो तुच्छ गाली, निर्मात्री अनुष्काले माफि माग्नुपर्छ

  • प्रकाशित मितिः जेठ 5, 2077
  • 1458 पटक पढिएको
  • औजार संवाददाता

भारतीय एक सिरियलमा नेपाली शब्द जोडेर निकै तुच्छ गाली दिइएको छ ।

बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको पाताल लोक नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि निकै तल्लो स्तरको शब्द प्रयोग गरिएको छ ।

अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै भन्छिन्, ‘साथी हुन् कि ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली रण्*’

यसमा प्रलक्ष नामका एक व्यक्तिले निकै लामो पोष्ट लेख्दै अनुष्का शर्माबाट माफी मागेका छन् । इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन्, ‘एउटा सार्वभौम राष्ट्रका निकै मिहिनेती समुदायका लागि यस्तो शब्दको प्रयोग गर्न कसरी आँट गर्यौ ? म एक भारतीय गोर्खा हुँ मैले यो यसकारण लेखेँ किनभने यसले मलाई दुःखी बनायो । मेरी आमा र दिदी बहिनीले यस्तै चित्रणका कारण विभिन्न समस्या भोग्नुपरेको छ र तिमीहरुले घाउमा नुन खुर्सानी दल्ने काम गरिरहेका छौ ।’

‘पाताललोकको यो दृश्यले यहाँ साम्प्रदायिक वैमनस्यता निम्त्याएको छ जुन नेपाल र मेरो पूर्वोत्तर समुदायका लागि पूर्ण रुपमा जातीवाद हो ।’ ‘माफी माग र यो दृश्य हटाउ,’ उनले अन्तिममा लेखेका छन् । यसका साथै, रक गायिक अभया सुब्बाले पनि प्रलक्षको यो पोष्ट सेयर गर्दै यसमा उल्लेख गरिएको शब्दले पूरा समुदायको अपमान गरेको भन्दै अनुष्का शर्माबाट माफीको माग गरेकी छिन् । उनको र प्रलक्षको पोष्टमा थुप्रैले यस्ता शब्द कुनै पनि हालतमा सह्य नभएको भन्दै यसले भारतीयको नेपालीप्रतिको दृष्टिकोण स्पष्ट पार्ने बताएका छन् ।

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे