गर्नु गर्‍यो यो टिकटक र फेसबुकले !

  • प्रकाशित मितिः जेठ 4, 2077
  • 1960 पटक पढिएको
  • औजार संवाददाता

मेरो आमा भन्नुहुन्छ, "हमीले हाम्रो अङ्ग परपुरूषलाई देखाउनु हुँदैन हाम्रो पुरा शरिर ढाक्नेगरी लुगा लगाउनु पर्छ ।" तर अहिलेको अवस्था हेर्दा हाम्रो दिदीबहिनीहरुको लुगा कम र अङ्ग भने बढी नै देखिने गरेको छ ।
त्यसैले त अरु पुरुषहरुलाई आकर्षित र उत्तेजित बनाउँछ । अनि जबर्जस्ती करणी जस्तो घटनाहरु हुन जान्छ । उनीहरुले लगाएको कपडाले उत्तेजित हुनु त पुरुषको हेराइको गल्ती हो भन्न सकिन्छ । तर अर्धनग्न अवस्थामा युवती देख्दा कुन पुरूषको मन परिवर्तन हुदैन होला । आजभोलि यो बन्दको अवस्थामा बनाइएको टिकटकमा हेर्ने हो भने त झन् शरीरमा लुगा त कम हुन्छ नै त्यो माथि जाबो एक लाइक को लागि अझै आफ्नो सम्बेदनशील अङ्ग प्रदर्शन गर्ने गरेका छन् । यस्तो देख्दा थुक्क यो जीन्दगी भन्न मन लाग्छ ।

ganesh-yadav
लेखक-गणेश यादव


खैर, अहीले त उनीहरूलाई त्यति ज्ञान नभएर त्यस्तो गरिरहेको होला । तर उनीहरुको बुवाआमाको पनि त उनीहरूलाई सम्झाउने काम हो नि भन्ने लाग्छ । तर आजकाल छोराछोरीलाई केही सम्झाउन थाल्यो भने उल्टै बाउआमालाई गलत ठान्दछन् । हामी हाम्रो छोरीलाई कसैले जिस्क्यायो भने तुरुन्तै उसलाई गाली गर्छौं, कुट्छौ, पुलिसमा रिपोर्ट गर्छौ । तर कहिले यो कुरा सोचेका छौ, "हामीले किनिदिएको हाम्रो छोरीहरूको पहिरनले समाजमा कस्तो असर गर्छ ? आज मेरो छोरीले छोटो लुगा लगाउँछे । उसलाई हेरेर भोलि अरू छिमेकीको छोरीले त्यस्तै माग गर्छन् र लगाउन थाल्छन् । यस्तै गर्दागर्दै हाम्रो समाजमा रहेका सबै युवतीहरूले छोटो र टाइट कपडा लगाउन थाल्छन् । अनि बुढादेखि बच्चासम्म सबैले उसको अङ्गप्रत्यङ्ग चियाउँदै हेरेर कुदृष्टि लगाउँछन् । उनीहरु हिंड्ने बाटो कुरेर उनीहरुलाई हेर्दै सिटि बजाउने, जिस्क्याउने शुरु हुन्छ । अनि अरुले फलानोकी छोरी यस्तो, उस्तो भन्दै कुरा गर्न शुरु हुन्छ । त्यसपछि हाम्रो परिवारको मान मर्यादा कहाँ जान्छ ।
जस्लाई हामीले सानैदेखि धेरै दुःख र मिहिनेत अनि माया दिएर पालनपोषण गरेर यति ठूलो बनायौ, अहीले हाम्रै गल्तीले समाजमा उनीहरुको छोटा लुगा र टीकटकमा देखिने सम्वेदनशील अंग देखेर मानिसे विभिन्न कुरा गरेको सुन्नु पर्दा कस्तो हुँदो होला । यो टिकटमा मेरी छोरी भाइरल भई, पब्लीसिटी बढ्यो, मलाई पनि समाजमा अब मानिसहरुले सम्मान गर्छन् जस्तो सोच राख्ने बुवाआमाले कहिल्यै सोचेको छ जो मेरो छोरीको अंग जो मात्र उस्को बेहुला ले हेर्न पाउने हो त्यो यहाँ सबैले हेरिरहेका छन् र अगाडी मात सबैले प्रशंसा गर्छन् तर पछाडि भने फेरि तेही भन्छन् ओइ केटा हो फलानोको छोरिको यो क्या दामि त्यो क्या बबाल । के यही हेर्न सुन्न हामीले एती दुख गरेर उनीहरूलाई एती ठुलो बनायौ । आफ्ना छोराछोरीलाई असल सँस्कार तथा शिक्षा दिऔं । असल समाज निर्माण तर्फ अघि बढौ ।

-यो लेख लेखकको नीजि बिचार हो । -सम्पादक


स्वास्थ्य समस्या भएर अस्पताल जान डर लागिरहेको छ ? अब फोनबाटै लिनुहोस् स्वास्थ्य परामर्श (मोबाइल नं. सहित)

धरान । नेपाल स्काउट एक नं. प्रदेश तदर्थ समितिको अगुवाईमा विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श दिने गरी हेल

दाेस्राे दिन राष्ट्रिय युवा संघ, धरान उप-महानगरद्वारा सुरक्षाकर्मीलाई फेस् सिल्ड, माक्स तथा सेनिटाइजर वितरण

धरान । कोरोना माहामारीका समयमा राष्ट्रिय युवा संघ नेपाल, धरान उपमहानगर कमिटिले धरानमा बढ्दै गएको कोरोना

सभामुख अग्नी सापकाेटाले व्यक्तिकाे नाममा गराएकाे सर्दु जलाधारकाे जग्गा फिर्ता ल्यायाे सरकारले

काठमाडौं । पदीय दुरुपयोग गरी सभामुख अग्नि सापकोटाले आर्थिक लाभ लिएर सुनसरी जिल्लाको धरानस्थित सुर्दु जल