छिमेकी देशको अवस्थाः भारतमा २४ सय बढीको मृत्यु, चीनमा अब जम्मा १०४ जना संक्रमित (सार्क राष्ट्रकाे तथ्याङ्क)

  • प्रकाशित मितिः जेठ 1, 2077
  • 376 पटक पढिएको
  • औजार संवाददाता

धरान । कोरोना भाइरसको महामारीले अहिले विश्वलाई नै आक्रान्त पारेको छ । पछिल्लो तीन दिनमा नेपालमा पनि यसको संक्रमण तिब्र भएर गएको छ । नेपालमा अहिलेसम्मको (बिहीबार विहान ६ बजे) अवस्थामा २ सय ४३ जनामा संक्रमण भइसकेको छ ।
छिमेकी देश चीनबाट संक्रमण सुरु भएको भनिएता पनि अहिले चीनमा जम्मा १ सय ४ जना मात्रै कोरोना संक्रमित छन् । चीनमा जम्मा ८२ हजार ९ सय २६ जनामा संक्रमण फैलिएको थियो । जसमध्ये ७८ हजार १ सय ८९ जना निको भइसकेका छन् भने ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाए । अब चीनमा १ सय ४ जना संक्रमित मात्रै अस्पतालमा रहेका छन् ।
त्यस्तै हाम्रो अर्काे छिमेकी मुलुक भारतलाई अहिले कोरोना संक्रमणले सताएको छ । भारतमा ७४ हजार भन्दा बढी संक्रमित भइसके भने २४ सय १५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै पाकिस्तानमा ३५ हजार २९८ संक्रमित हुदा ७ सय ६१ जनाले ज्यान गुमाए, बंगलादेशमा १७ हजार ८२२ संक्रमित हुदा २ सय ६८ जनाले ज्यान गुमाए, श्रीलंकामा ८ सय ९३ संक्रमित हुदा ९ जनाले ज्यान गुमाए, मालदिप्समा ९ सय ५५ संक्रमित हुदा ५ जनाले ज्यान गुमाए भने भुटानमा जम्मा ११ जना मात्रै संक्रमित भेटिएका छन् । दक्षिण एसियामा नेपाल र भुटानमा मात्रै कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन । त्यस्तै अर्काे सार्क राष्ट्र अफगानिस्तानमा ५ हजार २२६ संक्रमित छन् भने १ सय ३२ ले ज्यान गुमाए ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे