मृतकको संख्या ३ लाख नजिक, संक्रमण ४३ लाख नाघ्यो

  • प्रकाशित मितिः बैशाख 31, 2077
  • 301 पटक पढिएको
  • औजार संवाददाता

काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ४ सय नाघेको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबार राति १:३० बजेसम्मको रिपोर्टअनुसार ८२ हजार ८ सय २९ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३ लाख ९७ हजार पुगेको छ । मंगलबार अमेरिकामा १ हजार ३४ जनाको मृृृृृत्यु भएको छ । अघिल्लो दिनकोभन्दा धेरै मृृृत्युु भएको हो ।

उता, बेलायतमा मृत्यु हुनेको संख्या ३२ हजार ६ सय ९२ पुगेको छ । संक्रमितको संख्या २ लाख २६ हजार नाघेको छ । बेलायतमा कोरोनाभाइरसको असर बढी नै देखिएको छ । त्यहाँँ सुरुवाति चरणमा नियन्त्रणमै रहे पनि पछिल्लो समय यसको असर तीव्र रुपमा देखिएको छ । पछिल्लो २४ घण्टामा ६ सय २७ जनाको मृृत्यु भएको छ ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ९ सय १९ जना संक्रमित भएका छन । तर त्यहाँ ७८ हजार १ सय ७१ जना उपचारपछि निको भइसकेका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । अहिले १ सय १५ जनाको उपचार भइरहेको छ ।
चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।

इटलीमा मंगलबार १ सय ७२ जनाको मृत्यु हुँँदा त्यहाँ कुल ३० हजार ९ सय ११ जनाको मृत्युु भएको छ । स्पेनमा मंगलबार १ सय ७६ जनाको मृत्यु हुँदा कुल २६ हजार ६ सय २१ पुगेको छ । फ्रान्समा मंगलबार ३ सय ४८ जनाको मृृृत्युु हुँदा कुुुल मृृतकको संख्या २६ हजार ९ सय ९१ पुगेको छ । फ्रान्समा १ लाख ७८ हजार २ सय संक्रमित छन् ।

छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार ४ सय १५ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १२१ जनाको मृत्यु भयो । भारतमा संक्रमितको संख्या ७४ हजार २ सय नाघेको छ ।

ब्राजिलमा १२ हजार ३ जनाको मृत्यु भएको छ भने १ लाख ७३ हजार संक्रमित छन् ।
बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ७ सय ६१ को मृत्यु भइसकेको छ ।
यस्तै जर्मनीमा १ लाख ७३ हजार संक्रमित हुनुका साथै ७ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ ।

इरानमा १ लाख १० हजार ७ सय संक्रमित छन् । साथै ६ हजार ७ सय ३३ को मृत्यु भएको छ । रुसमा पनि २ लाख ३२ हजार जना संक्रमित भइसकेका छन् भने २ हजार १ सय १६ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुसमा करिब १० हजार संंक्रमित थपिए ।
रोमानिया र इण्डोनेसियामा पनि मृत्यु मंगलबार हुनेको संख्या १ हजार नाघेको छ ।
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १२ देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ४३ लाख १९ हजार संक्रमित भएका छन् ।
संक्रमितमध्ये करिब १५ लाख ७० हजार जना निको भएका छन् । उपचाररत करिब २४ लाख ५८ हजारमध्ये ४६ हजार ४ सयको अवस्था भने चिन्ताजनक छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे