भारतसँग उच्चस्तरीय कुटनीतिक पहल गरी सिमाना विवाद सुल्झाउन कांग्रेसकाे सुझाव

  • प्रकाशित मितिः बैशाख 31, 2077
  • 344 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपालको लिपुलेकमा भारतले सडक निर्माण गरी गरेको अतिक्रमणका विरुद्ध नेपाली कांग्रेस सुनसरीले विज्ञप्ती जारी गर्दै उच्च स्तरीय कुटनीतिक पहल गरी समस्या समाधान गर्न आग्रह गरेको छ ।
सुनसरी पार्टी सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेद्धारा जारी गरिएको विज्ञप्तिमा कहिले नक्शा परिवर्तन गर्ने त कहिले दादागिरी शैलीमा नेपाली भूमि अतिक्रमण गर्ने भारतको कार्यको विरोध गर्दै देशको स्वाधिनता, अखण्डता, भूमि रक्षा र राष्ट्रियताका पक्षमा गरिएको प्रर्दशनमा सरकारको निर्देशनमा नेपाल प्रहरीद्धारा भएको हस्तक्षेपको समेत भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा देशका विभिन्न स्थानमा भारतीय अतिक्रमणका विरुद्ध तथा नेपाली भूमि र राष्ट्रियताको रक्षार्थ स्वस्फुर्त भएको प्रर्दशनका क्रममा पक्राउ परेका तमाम् राष्ट्रप्रेमी देशभक्त नेपाली यूवाहरुको निशर्त स–सम्मान रिहा गर्न समेत माग गरिएको छ । त्यसैगरी लिपुलेक अतिक्रमण प्रकरण लगायत देशका विभिन्न स्थानमा भारतले सीमा मिची नेपाली भूमि अतिक्रमण गरेको सम्बन्धमा उच्चस्तरीय कुटनीतिक पहल गरी दीर्घकालीन समाधान गर्न समेत आग्रह गरिएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे