पानवारीका दुई नीजि विद्यालयको संयुक्त प्रेस विज्ञप्ती, गलत प्रचार गरेकाे भन्दै कारवाही गर्न माग

  • प्रकाशित मितिः बैशाख 24, 2077
  • 1818 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–६ मा रहेका दुई नीजि विद्यालयहरुले विद्यालयका बारेमा गलत प्रचार भएको भन्दै संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् ।

धरान–६ मा रहेका शिक्षा सन्देश बोर्डिङ स्कुल र एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी बोर्डिङ स्कुलले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विद्यालयका विषयमा गलत प्रचार भएको बताएका छन् । बुधबार जारी गरिएको विज्ञप्तीमा भनिए अनुसार दर्ता नभएको एक वेव पेजबाट समाचार आएको र समाचार गलत भएको बताइएको छ । यसरी दुवै विद्यालयको बीचमा दरार पैदा गर्ने मनशायले आएको समाचार गलत भएको र दुवै विद्यालय विच अस्वस्थ प्रतिपर्धा र मनमुटाव नभएको भनेर स्पष्ट पारिएको छ ।

साथै विज्ञप्ती मार्फत् यस्ता गलत काम गर्ने लाई कानुन बमोजि कठघरामा ल्याउन समेत माग गरिएको छ । विज्ञप्ती शिक्षा सन्देशका अध्यक्ष रमेशकुमार बस्नेत तथा एभरेष्ट चिल्ड्रेन होमकी अध्यक्ष झुमादेवी राईले जारी गर्नुभएको छ । एक ब्लगस्पटबाट शिक्षा सन्देशमा अध्यापनकाे गुणस्तर नभएकाे तथा एभरेष्ट चिल्ड्रेनहाेम स्कुल अत्यन्तै राम्राे भएकाे भनी प्रचार गरिएकाे छ ।

sikshya


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे