पिएसजीलाई लिग वानको उपाधी

  • प्रकाशित मितिः बैशाख 19, 2077
  • 222 पटक पढिएको
  • औजार संवाददाता

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण स्थगित रहेको फ्रेन्च लिग वानको यस सिजन बाँकी खेल नहुने भएपछि शीर्ष स्थानको पिएसजीलाई च्याम्पियन घोषणा गरिएको हो ।

केही दिनअघि फ्रान्स सरकारले लिग वान यस सिजन गर्न नसकिने जनाएको थियो । मार्च १३ मा लिग स्थगित हुनुअघि पिएसजी दोस्रो स्थानको मार्सेलाई १२ अंकले पछि पार्दै शीर्ष स्थानमा थियो ।

लिग वानबाट अन्तिम दुईमा रहेका अमिन्स र टुलुज लिग टु मा घटुवा भएको छ । यस्तै लिग टु मा शीर्ष स्थानमा रहेको लोरिएन्स च्याम्पियन बनेको छ । लोरिएन्टसंगै लेन्स लिग टु बाट लिग वानमा बढुवा भएका छन् । फ्रेन्च लिग (एलएफपीका) चिफ एक्जुकेटिभ डिडियर क्विलोटले यस बारेमा केही अपिल हुनसक्ने तर निर्णय ठीक भएको बताएका छन् ।

अर्को सिजन युरोपियन लिगमा खेल्ने टिमको बारेमा भने निर्णय भएको छैन ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे