अनाधिकृत रुपमा धरान छिरेका तरकारीका गाडी नियन्त्रणमा

  • प्रकाशित मितिः बैशाख 16, 2077
  • 1368 पटक पढिएको
  • औजार संवाददाता

धरान । कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढेसँगै धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा पारेको छ ।
पछिल्लो समय कोरोना संक्रमणको हटस्पटको रुपमा एक नं. प्रदेश भएपछि धरान उपमहानगरपालिकाले लकडाउन कार्यान्वयनलाई थप कडाइ गरेको हो । तरकारी बोकेर मंगलबार विहानको राती धरान प्रवेश गरेका ५ वटा गाडीलाई धरान उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिकाको टोलीले राती २ बजेसम्म तिनकुने नाकामा बसेर उक्त तरकारीका गाडीहरु नियन्त्रणमा लिएको हो । तरकारी लिएर आएका व्यापारीले कहाँबाट ल्याएको भन्ने कुराको प्रमाण दिन नसकेको, बिल बिनाका तरकारी ल्याएको र धरान स्थित कृषि बजारसँग समन्वय नगरी तरकारी ल्याएकोले नियन्त्रणमा लिनु परेको धरानका नगर प्रहरी इन्चार्ज विष्णु कोइरालाले जानकारी दिनुभयो । बिल बिना तथा कृषी बजारको समन्वय विना तरकारी बोकेका गाडीहरु धरान आउँदा गाडी कहाँबाट आएको हो भन्ने यकिन नहुने भएकोले कोरोना संक्रमणको जोखिम हुने धरान उपमहानगरापालिकाकी उपमेयर मञ्जु भण्डारीले बताउनुभयो ।


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक