अग्रवाल सभाद्वारा इटहरीका विपन्न परिवारलाई राहत वितरण

  • प्रकाशित मितिः चैत्र 26, 2076
  • 272 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका परिवारहरुलाई विहान वेलुका हातमुख जोड्न समस्या हुनेतर्फ मध्यनजर गर्दै नेपाल अग्रवाल सभा इटहरीले इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई राहत वितरण गरेको छ । उपमहानगरपालिकासँग समन्वय गरि नेपाल अग्रवाल सभा इटहरीले वाड नम्बर १०, ९ र ६ मा खाद्यान्न राहत वितरण गरेको हो ।

एक मानिसबाट अर्काे मानिसमा सजिलै सर्ने कोरोना भाईरसको सन्त्रासका कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा काममा जान नपाएका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवारका मानिसहरु भोकभोकै नपरुन भनेर माडवारी सम्वद्ध विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा खाद्यान्न राहत वितरण गरिएको नेपाल अग्रवाल सभा इटहरीका अध्यक्ष मुकेश अग्रवालले जानकारी दिनुभयो । सभाले इटहरी वाड नम्बर १० का एक सय परिवार, वाड नम्बर ९ का एक सय २५ परिवार र वाड नम्बर ६ का ३७ परिवारलाई प्रति परिवार दश केजी चामल, १ केजी दाल्, आधा केजी नुन र आधा लिटर खानेतेल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

विपद्का समयमा राहत वितरण साथै अन्य समयमा समेत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको नेपाल अग्रवाल सभाले माडवारी समुदायको सहभागिता रहेको माडवारी सेवा समिति इटहरी, माडवारी युवा मञ्च इटहरी, मारवाडी महिला मञ्च, श्यामभक्त परिवार इटहरी, महेश्वरी समाज इटहरी र माडवारी ब्राह्मण समाज इटहरीका पदाधिकारीहरुवाट संकलन गरेको राहत सामाग्री वितरण गरेको जनाइएको छ । सभाले इटहरी क्षेत्रका थप ४ सय २५ परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको समेत जनाएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे