कोरोना राहत कोषमा मितेरी बैंकका सिइओ वस्तीले गरे १ लाख २५ हजार सहयोग

  • प्रकाशित मितिः चैत्र 26, 2076
  • 627 पटक पढिएको
  • औजार संवाददाता

धरान । मितेरी डेभलपमेन्ट बैंकका सिइओ तुलसीप्रसाद वस्तीले व्यक्तिगत रुपमा १ लाख २५ हजार सहयोग गर्नुभएको छ ।
धरान उपमहानगरपालिकाको कोरोना राहत कोषमा सिइओ वस्तीले आफ्नो व्यक्तिगत रुपमा १ लाख २५ हजार नगद सहयोग गर्नुभएको हो । कोरोनाले विश्वलाई नै आतंकित पारिरहेको बेला नेपालमा कोरोनाको सम्भावित संक्रमणलाई रोक्नकालागी गरिएको लकडाउनबाट अति विपन्न परिवारलाई बिहान बेलुका हातमुख जोड्न समस्या भएपछि उपमहानगरले राहत कोष बनाएर राहत बितरण गरिरहेको छ ।
धरान उपमहानगरपालिकाले राहत कोष र फुड बैंक स्थापना गरी धरानका विपन्न परिवारलाई राहत वितरण गरिरहेको छ । पहिलो चरणमा धरानका २० वटै वडाका ४२ सय ४५ परिवारलाई राहत वितरण गरिसकेको छ भने दोस्रो चरणमा राहत वितरण गर्ने तयारी गरिरहेको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे