धरानमा कति महिनालाई पुग्ने खाद्यान्न छ ? डाटा निकाल्दै उवा संघ !

  • प्रकाशित मितिः चैत्र 26, 2076
  • 143 पटक पढिएको
  • औजार संवाददाता

धरान । कोरोनाको कहरबाट बच्न गरिएको लकडाउनको कारण खाद्यान्नको मौज्दातका सम्बन्धमा यथार्थ तथ्यांक निकालिने भएको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकबाट वाणिज्य सचिव सिताराम आचार्यको संयोजकत्वमा खाद्यान्न तथ्यांक संकलन उपसमिति गठन भएको छ ।

समितिले धरानका खुद्रा पसल र होलसेल पसलमा हाल दाल, चामल, तेल, नून लगायतका सामाग्रीहरु कति मौज्दात रहेका छन् र सो सामाग्रीले कति दिनसम्म उपभोक्तालाई पुग्छ भनि यथार्थ तथ्यांक निकाल्ने भएको छ । हाल भईरहेको लकडाउनबाट धरानमा खाद्यान्नको अभाव हुन नदिन आवश्यक सामाग्रीहरु उपलब्ध गराउनका लागि सुनसरी उद्योग वाणिज्य संघले पहल गर्न लागेको हो ।

त्यसैगरि धरानमा भइरहेको रगतको अभावलाई परिपुर्ति गर्न उद्योग वाणिज्य संघले सम्पूर्ण रक्तदाताहरुलाई आव्हान गरेको छ । संघले कार्यसमिति सदस्य प्रभाव खतिवडाको संयोजकत्वमा रक्त संकलन उपसमिति समेत गठन गरेको छ । समितिले इच्छुक रक्तदाताहरुलाई वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित ब्लड बैंकमा रक्तदान गर्नका लागि सहजतापूर्वक ल्याउने र लैजाने व्यवस्था गर्नेछ । त्यसैगरि ३ वा सोभन्दा बढि रक्तदाता भएमा वहा“हरुलाई पायक पर्ने स्थानमा रक्तदान गर्न सकिने व्यवस्था समेत मिलाउने भएको छ ।

संघका सदस्य विष्णु बरालले बताए अनुसार लकडाउनको कारणबाट खाद्यान्नको अभाव भएका व्यक्तिका लागि धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा हालसम्म संघले ७५० लिटर खानेतेल, १२५० किलो नून र २६०० थान साबुन उपलब्ध गराईसकेको र आवश्यकता अनुसार पुनः चामल उपलब्ध गराउने भएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे