नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

  • प्रकाशित मितिः चैत्र 25, 2076
  • 352 पटक पढिएको
  • औजार संवाददाता

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसैगरि नेकपाले इटहरी उपमहानगरको फुडवैकमा नेकपा इटहरीले दुई हजार किलो चामल जम्मा गरेको छ ।

नगरप्रमुख द्धारिकलाल चौधरीका अनुसार इटहरीकै पूरानो मध्येका एक विद्यालय जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको एक एक रुपियाँ वाट एक लाख एक हजार रकम इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा हस्तान्तरण भएको छ । यस्तै इटहरीकै पूरानो राष्ट्रिय जागृती क्लव वाट एकाउन्न हजार जनता क्यामपस इटहरी प्राध्यापक संघ र कर्मचारी संघको तर्फवाट ७३ हजार १ सय ४३,रिजाल्स भिजन पार्टी प्यालेस इटहरीको तर्फवाट ५१ हजार रकम प्रदान गरिएको छ ।

पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरीले उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा १ लाख ११ हजार दिने घोषणा गर्नुभएको छ । यस्तै कस्तुरी कलेज इटहरीले उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा एकलाख ११ हजार रकम दिने घोषणा गरेको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे