विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

  • प्रकाशित मितिः चैत्र 25, 2076
  • 670 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवारका मानिसहरु भोकभोकै नहुन भनेर स्थानीय सहरकारबाट विभिन्न दाताहरुको सहयोगमा राहत वितरण गर्ने कार्य भइरहेको छ । विगतमा पनी विपदको समयमा राहत सामाग्रीहरु विपन्न परिवारलाई उपलव्ध गराउँदै आएका नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले अहिलेको लकडाउनको समयमा समेत विपन्न परिवारका मानिसहरुलाई खाद्यान्न सहयोग गर्ने क्रम जारी राख्नु भएको छ ।
दैनिक ज्यालादारी काम गरेर जिविका चलाउँदै आएका विपन्न परिकारका मानिसहरुलाई हातमुख जोड््न समस्या पर्नेतर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को खोर्साने खापमा तरुण दल सुनसरीका सभापति गुरुङले खाद्यान्न राहत पठाउनु भएको हो । इटहरी वडा नम्बर २० मा पहिलो चरणमा ५० घर परिवारलाई राहत वितरण गरेका गुरुङले दोस्रो चरणमा खोर्साने खापमा ३० घर परिवारलाई खाद्यान्न राहत वितरण गराउनु भएको हो । आफु विदेसमा रहेको भएपनि गुरुङले खोर्साने खापका ३० परिवारलाई एक हप्ता पुग्ने चामल, दाल र नुन वितरण गराउनु भएको हो ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे